×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कानुनविपरित सञ्चालित ‘टुटल र पठाओ’ चल्न दिन प्रधानमन्त्रीको निर्देशन, यातायात व्यवसायी अदालत जाँदै !

PRIME CA

कानुनविपरित सञ्चालित ‘टुटल र पठाओ’ चल्न दिन प्रधानमन्त्रीको निर्देशन, यातायात व्यवसायी अदालत जाँदै !

अर्थ सरोकार

२ माघ २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रचलित कानुनले गैरकानुनी भनी स्पष्ट रुपमा ठोकुवा गरेको सेवा बन्द भएपछि आएका टिकाटिप्पणीमाथि चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी ओलीले टुटल र पठाओलाई चल्न दिन निर्देशन दिएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन् । 
ट्राफिक प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै मातहतमा रहेको हेलो सरकारमा परेको उजुरीलाई सुनुवाई गर्दै ती गैरकानुनी सेवाहरु बन्द गरेको थियो । बंगलादेशमा मुख्य कार्यालय रहेको पठाओले नेपालमा गैरकानुनी रुपमा यस्तो धन्दा चलाईरहेको छ भने केहि समय यतादेखि टुटलले यस्तो सेवा प्रदान गर्दै आएको थियो । टुटलमा केहि थोत्रा मोटरसाइकलसमेत प्रयोग भएको देखिन्छ भने टुटलका नाममा विभिन्न खाले हिंसामा पनि यात्रु पर्दै आएको चर्चा चलिरहेको छ । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था छ।
यता यातायात व्यवसायीहरु भने सरकारले यस्ता गैरकानुनी सेवा पुन: चल्न दिए आफुहरु अदालत जाने तयारीमा रहेको बताउँछन् । ‘टुटल र पठाओ गैरकानुनी हुन् ।’ एक यातायात व्यावसायिका नेताले भने, ‘प्रधानमन्त्रीको निर्देशन कार्वनयन भए हामी अदालत जान्छौं।’ स्मरण रहोस् नेपाली मिडियामा पहिलो पटक टुटल गैरकानुनी छ भन्ने तथ्यसाहितको अर्थ सरोकारले समाचार ब्रेक गरेको थियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: