×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै माछापुच्छ्रे बैंक, एकैसाथ २ नयाँ शाखा दार्चुलाको अपि हिमाल र ब्याँसमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाखा विस्तारमा अघि बढ्दै माछापुच्छ्रे बैंक, एकैसाथ २ नयाँ शाखा दार्चुलाको अपि हिमाल र ब्याँसमा

२९ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलास्थित अपि हिमाल र ब्याँस शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ । बैंकले पौष २९ गते दार्चुलाको अपि हिमाल गाँउपालिका स्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाँउपालिका स्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । 
यस अघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपिहिमाल गाँउपालिका र ब्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । 
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी