- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गोर्खाज फाइनान्सको आर्थिक वर्ष २०७५/७६को प्रथम वर्षको वित्तिय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड २३ लाख ९५ हजार रुपैयाँ कमाएको छ भने खुद ब्याज आम्दानी ५७ लाख २१ हजार रुपैयाँमा भएको छ । त्यस्तै गरि सञ्चालन नाफा ३ करोड २० लाख ३५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको निक्षेप संकलन ५ अर्ब ८० करोड १८ लाख ६५ हजार रुपैयाँ गरी ४ अर्ब ३३ करोड ७७ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ९२ लाख ७७ हजार रुपैयाँ जम्मा भइसकेको छ ।
कम्पनीको खराब कर्जा ४.९५% रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४८ पैसा छ ।