
धनगढी – प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घर डोजरले भत्कायो । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहेको बेला स्थानीयले रमिता हेरिरहेका थिए ।
लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईकै अगुवाईमा मन्त्रीको घर भत्काइएको हो । अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको घरमा नगरपालिकाले डोजर हानेको हो । पहुँचकै भरमा सडक अतिक्रमण गरेर बोहराले सडक अतिक्रमण गरेर घर बनाएका थिए ।
नगरपालिकाले १५ दिने सूचना निकालेर अतिक्रमित घर उठाउन भनेको थियो । त्यसपछि फेरि ७ दिने र अन्तिममा ५ दिने सूचना निकाल्दा पनि मन्त्री बोहराले सुने नसुनेझै गर्दै आएका थिए । उल्टै मन्त्री बोहोराले आफ्नो घर कसैले हटाउन नसक्ने भन्दै आएका थिए । मेयर बजगाईले डोजर लगाउने आट गरे । हेर्दाहेर्दै मन्त्रीको घर भग्नावशेषमा परिणत भयो । मन्त्री बोहोराको घर भत्किरहँदा स्थानीय भन्दै थिए, ‘अहिलेसम्म टेरेको थिइनस्, बल्ल खाइस् ।’
बैंकिङ क्षेत्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका बोहराले यसैगरी कैलालीको दर्जनभन्दा बढी ठाउँमा सडक र सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् ।
लुम्की चुहा नगरपालिकालाई सुन्दर शान्त र समृद्ध बनाउने मेयर बजगाईको अभियानको क्रममा लम्कीमा मन्त्री बोहराले सडक अतिक्रमण गरेको भेटिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्