
पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको निर्णय फिर्ता भएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पाकाउने ग्यासमा मूल्य बढाएको निगमले आजदेखि पुरानै मूल्य कायम राख्ने निर्णय गरेको छ।
निर्वाचनको मुखमा पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि आज विहान बसेको निगम संचालक समितिको बैठले दश बजेदेखि लागू हुनेगरी बढेको मूल्य फिर्ता लिइ पुरानै मूल्यमा कारोबार गर्ने निर्णय गरेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
भारतीय आयल करपोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार मूल्य समायोजन गर्दै आएको निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको थियो।
अब फेरि खाना पकाउने ग्यासकोको मूल्य एक सिलिन्डरको १३ सय २५, पेट्रोल लिटरको ९८, डिजेल र मट्टितेलको मूल्य ७४ रुपैयाँमा उपभोक्ताले किन्न पाउने छन्।
गाेइतका अनुसार समायाेजन गरिएकाे मूल्य कायम नभएपछि निगमलार्इ महिनामा २२ कराेड रुपैयाँ घाटा हुने भएकाे छ। भारतबाट मूल्य बढेर अाएकाेले अब निगमलार्इ पेट्राेलमा ३ रुपैयाँ ३७ पैसा र मट्टीतेलमा लिटरमा ज्ञछ रुपैयाँ घाटा नाफा हुने छ। त्यस्तै डिजेल लिटरमा २ रुपैयाँ र एलपीजीकाे सिलिन्डरमा २ सय ३७ रुपैयाँ ६७ पैसा घाटा हुने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्