×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी नेता ढुंगेलको गिरफ्तारीबिरुद्ध कम्युनिष्ट पार्टीले प्रदर्शन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माओवादी नेता ढुंगेलको गिरफ्तारीबिरुद्ध कम्युनिष्ट पार्टीले प्रदर्शन गर्दै

Artha Sarokar

१५ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  सरकारले जनयुद्धकालिन मुद्दामा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई गरेको गिरफ्तारविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले प्रदर्शन गर्ने भएको छ ।
विहीबार दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको नेतृत्वमा हुने प्रदर्शनमा सहभागिताको लागि परिवर्तनकारी पक्षसँग नेकपाले अपील समेत गरेको छ ।
ढुंगेलको गिरफ्तारी लगत्तै पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर झुठा मुद्दा तत्काल खारेज गरी रिहा गर्न चेतावनी दिएका थिए ।
महासचिव विप्लवले गिरफ्तारीले जनयुद्धको नेतृत्व गर्ने नेता, कार्यकर्ता र जनयुद्धलाई साथ दिने श्रमिक जनतालाई आक्रोशित तुल्याएको भन्दै ढुंगेललाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।
साथै जनयुद्ध र जनआन्दोलनमा महत्वपूर्ण योग दिने व्यक्तिलाई व्यक्ति हत्यामा दोषी बनाई जेल हालेर देशमा प्रतिक्रान्ति लाद्ने काम दलाल संसदवादीहरुले गरेको भन्दै बेवास्त गरेर प्रतिक्रान्तिकारी दमन जारी राखिन्छ भने राज्य र यसका संचालक सबैखाले दलालहरुले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी समेत विप्लवले दिएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी