×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित

PRIME CA

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
बारा । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २०७८ साल असार ०६ गते होटल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको १९औं वार्षिक साधारणसभाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी हुनेछ ।
वार्षिक साधारणसभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघई र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: