काठमाण्डौ – सोमबारपनि सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोलामा २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँ पुगेको छ । आइतबार प्रति तोला ५६ हजार ८ सय रुपैयाँको रहेको सुनको भाउ प्रति तोलामा २ सय रुपैयाँले बढेर सोमबार ५७ हजार रुपैयाँ कायम भएको हो ।
नयाँ वर्षको ५ महिनाको अवधिमा सुनको भाउ प्रति तोलामा ४ हजारले बढिसकेको छ । यस्तै सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य भदौ १८ गते आइतबार प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।