
कसैलाई उम्मेदवार नपाएर चिन्ता कसैलाई पाएर । एउटै पदमा एउटै वडाबाट दुई छोराले फरक फरक पार्टीको उम्मेदवारी पाउँदा बर्दियाकी ८७ वर्षीय सन्तु अधिकारीलाई कुन छोरालाई भोट हालूँ भन्ने चिन्ताले पिरोलेको छ ।
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. २ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट सन्तुको जेठा छोरा कृष्ण अधिकारी र नेकपा एमालेको तर्फबाट कान्छो छोरा टंक अधिकारीले उम्मेदवारको टिकट पाएपछि आमा सन्तुलाई धर्मसंकट परेको आजको कारोबार दैनिकमा खबर छ ।
०१५ साल यताका हरेक निर्वाचनमा उत्साहित हुँदै मतदान गर्दै आएकी सन्तुले यसपटकको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने इच्छा नभएको बताइन् ।
‘निर्वाचनका दिन बिरामी भएर मत हाल्न नसकेको भए हुने थियो’, उनले गम्भीर हुँदै भनिन्, ‘मेरो लागि दुवै छोरा बराबर हुन , कसलाई नजिकैको ठानेर मत दिनु ? मेरो आत्मा रोइरहेको छ । दाजुभाइबीचको चुनावी लडाइँमा म आमालाई नपारेको भए हुन्थ्यो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्