
काठमाडौं । चिनियाँ विमान सेवा कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रशिक्षणवापतको रकम भुक्तानीका लागि दबाब दिइरहेको छ । चिनियाँ विमान सेवा कम्पनी एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभीआईसी)ले नेपाल वायुसेवा निगमका चालकहरुलाई तालिम दिएवापतको रकम भुक्तानीका लागि दबाब दिएपछि निगमनको बोर्ड बैठक बसेको छ । चैत २ गते सोमबार निगम सञ्चालक समितिका अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा बसेको बैठकले चिनियाँ कम्पनी एभीआईसीलाई भुक्तानी गर्ने विषयमा कानुन परामर्श गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले निगमका विमान चालकहरुलाई विगतमा प्रदान गरिएका तालिमहरुको रकमलाई भुक्तानी गर्ने सम्बन्धमा भुक्तान गर्नुपर्ने दायित्व के-कति कारणले समयमै भुक्तानी हुन सकेन र निगमको आर्थिक विनियमावली बमोजिम विगतका वर्षको भुक्तानी दिने व्यवस्था भए-नभएको बारे व्यवस्थापनले कानुी राय लिएर आगामी बैठकमा पेश गर्ने निर्णय गरेको हो । यससँगै निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्