Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको ‘झुर’ सेवाले सीमा नाघ्यो, यसरी पनि ठगिन्छन् ग्राहक !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ बिजुलीबजारमा मुख्य कार्यलय भएको प्रभु बैंक । बिगतमा निकै समस्याग्रस्त बनेका बैंकहरु मर्ज भएर भित्रभित्रै खोक्रो बनेको बैंक, अव भित्र मात्र खोक्रो रहेन । बैंकले प्रदान गर्ने सुविधा त परे छाडौं ग्राहकले आफु ठगिएको गुनासो गर्न थालेपछि बैंक कुनैबेलाको उहि ‘किष्ट’ हुने खतरा बढेको छ । यसो त वित्तीय रुपमा निकै नै कमजोर बनेको बैंकको भविष्यमाथि ठूलो प्रश्न चिन्ह उठेको छ । बैंक कुनबेला के हुने हो पत्तो छैन । बैंक वित्तीय रुपमा खोक्रो त हुँदै छ नै, पछिल्लो समय प्रभु बैंकले दिने ‘झुर’ सेवाबाट सेवाग्राहीहरु वाक्क, दिक्क भइसकेका छन् । प्रभुले आफ्नो सेवा त राम्रो दिन सकेको छैनन् नै, फुटपाथमा समान बेचेको शैलीमा आफ्ना ग्राहकहरुलाई ठग्ने गरेको तथ्य फेला परेको छ । 

पौने ११ बजेसम्म बैंक खुलेन 
बैंकको नियमित समय १० बजेदेखि ५ बजेसम्म भन्ने उल्लेख छ । तर २०७३ साल फाल्गुन १७ गते पौने ११ बजे हामी बैंकको तीनकुने साखा पुग्दा बैंक खुलेको थिएन । भित्र कर्मचारीहरु थिए तर बाहिर सटर बन्द थियो । यतिन्जेलसम्म किन बैंक नखुलेको भन्ने हाम्रो प्रश्नमा त्यहाँ रहेका सेक्यूरिटी गार्डले सिष्टममा समस्या आएकाले त्यस्तो भएको बताईन्। सिष्टममा समस्या भएपनि ढोका त खोल्दा हुन्छ नि ! भित्र बस्न पाइन्थ्यो’ भन्ने हाम्रो प्रश्नमा उनले सीधा उत्तर दिइन्, ‘भित्रको आदेश हो दाइ, हामीले के भन्ने ? उनले केहिबेरपछी ढोका खोलिन् । बैंकभित्र कर्मचारीहरु काम गरिरहेका थिए । ग्राहकलाई किन बाहिर नै राखियो भन्ने कुरा ग्राहकहरुले नै बुझेनन् । ‘बैंक १० बजेनै खोल्नुपर्ने हो । सिष्टममा केहि समस्या भए जानकारी गराउनुपर्ने हो । तर बैंकले केहि गर्न पनि आवश्यक ठानेन । बैंकको सेवा यति झुर छ कि के भन्ने ।’ बैंकमा आएका एक सेवाग्राहिले अर्थ सरोकार डटकमसँग भने ।  
यसरी पनि ठग्दो रहेछ प्रभु बैंकले 
बल्ल बल्ल १०:५० मा बैंक खुल्यो । हामीलाई एउटा चेक क्लियरेन्सका लागि पठाउनु थियो । विहानै गए चाँडो पैसा जम्मा हुन्छ भनेर हामी बैंकमा करिव १० बजे नै पुगेका थियौं । बैंक त ढिलो खुल्यो नै त्यहाँका कर्मचारीहरुले चेक क्लियरेन्समा बिहिबार मात्र जाने कुरा बताए । ‘मंगलबार आएको पहिलो चेक हो यो । विहिबारसम्म किन नि?’ भन्ने हाम्रो प्रश्नमा त्यहाँका कर्मचारीले भने, ‘चेक धेरै छ पटक पटक गरेर लैजानुपर्छ ।’ ‘आजको फर्स्ट आओरको चेक भोलिसम्म लैजान पनि मिल्दैन ?’ भन्ने हाम्रो प्रश्नमा प्रभुकी कर्मचारीले भनिन्, ‘हतार भएको भए एक्प्रेस हाल्नुहोस्’ अहिले नै लगिदिन्छौँ ।’ एक्प्रेसको कति १०० रुपैयाँ चार्ज लाग्छ होइन ?’ भन्ने हाम्रो प्रश्नमा उनले पुन: १३० रुपैयाँ लाग्ने बताईन् । ‘अस्ति यहि बैंकमा मेरो कम्पनीको चेक क्लियरेन्समा पठाउदा १०० रुपैयाँ लाग्छ भन्नुभयो, आज ३० रुपैयाँ किन बढ्यो ? भन्ने हाम्रो प्रश्नमा त्यहाँका कर्मचारीले भने, ‘आज चेक बढी छ, त्यही भएर ३० रुपैयाँ बढी लागेको हो ।’ नियमत: यसरी खुलेआम शुल्क बढी गर्न पाईदैन । तर प्रभुमा यस्तो मनपरी छ कि, न सेवा राम्रो छ, न ग्राहकहरुसंग बोल्ने ढंग नै छ कर्मचारीहरुसँग ।    

        


एटिएमको सेवा हदैसम्मको ‘झुर’ !
तपाईं प्रभु बैंकको एटिएम प्रयोग गर्नुहुन्छ भने बैंकको ‘झुर’ सेसेवाबाट तपाईं पनि दिक्क हुनुहुन्छ होला । कहिले ‘पैसा ननिस्किने तर खाताबाट पैसा काटिने’ , उक्त समस्या रिपोर्ट गर्दा पैसा आउन निकै समय लाग्ने, लगायतका समस्या त सामान्य भए, बैंकको एटिएम पटकपटक बिग्रिने गरेको छ । आवश्यक परेर पैसा निकाल्न जाँदा एटिएमनै नचल्दा ग्राहकहरु हैरान हुने गरेका छन् । विशेषगरी शनिबार एटिएममा समस्या हुँदा ग्राहकहरु हैरान हुने गरेका छन् ।
मंगलबार बेलुका ८ बजे काठमाडौँको सिभिल अस्पतालमा बुबालाई इमर्जेन्सीमा लागेका बैंकका एक ग्राहक भन्छन्, ‘बुबालाई एमरजेन्सीमा राखिएको छ । तत्काल पैसा चाहिएको छ । एटिएममा समस्या छ । बानेश्वरमा रहेको एटिएम लन्ज, तिनकुनेको एटिएम, मुख्य कार्यालयमा रहेको एटिएम कुनैपनि नचलेपछि उनीसँग आफन्तसँग पैसाका लागि गुहार्नुको विकल्प रहेन । ‘नमागौं बैंकले धोका दियो, आफन्तसँग पैसा मागौं बहाना बनाएजस्तो हुन्छ ।’ उनले अर्थ सरोकार डटकमसँग गुनासो पोखे । यो घटना पहिलो भने होइन । यस अगाडी पनि पटक पटक बैंकको एटिएममा यस्तो समस्या आएको थियो ।
एटिएममा समस्या आउने मात्र होइन प्रभुको एटिएम पटक पटक बन्द हुने गरेको छ । यो समस्याचाहिं तीनकुने साखामा रहेको एटिएम प्रयोगकर्ताहरुले बढी भोग्ने गरेका छन् । तीनकुनेस्थित एटिएम प्रयोगकर्ताहरु मध्येका एक प्रयोगकर्ता भन्छन्, ‘सेवा निकै झुर छ ।  २४ घण्टा खुल्नु पर्ने एटिएम कहिलेकाहीं विहान पनि बन्द हुन्छ कहिले काहीं दिउँसो पनि बन्द हुन्छ । कहिलेकाहीं लोडसेडीङ हुँदा समस्या हुनु भनेको सामान्य हो, तर यसरी जनतालाई झुक्काएर बैंकले दिने यो झुर सेवाले भने सबैलाई वाक्कै बनाइसक्यो । 
यस बिषयमा अर्थ सरोकार डटकमका प्रतिनिधिले बैंकमा सम्पर्क गरी बुझ्ने प्रयास गरेको थियो । फोन उठाउने कर्मचारीलाई बैंकको एटिएम पटक पटक बन्द हुनुको कारणबारे सोध्दा बैंकका कर्मचारीले प्राविधिक समस्या भएको र मिलाउने प्रयास भइरहेको बताईन् । ‘प्राविधिक समस्या हो, समाधान हुँदैछ। ‘ उनले छोटो प्रतिक्रिया दिइन् ।  यता बैंकको ‘काइते’ सेवाबाट हैरान भएका कतिपय ग्राहकहरुले बैंकको खाता समेत बन्द गरीसकेका छन् भने केहि ग्राहकहरु खाता बन्द गर्ने सुरमा रहेको बताउँछन् । बैंकको समस्या यस्तै ‘झुर’ भइरहे प्रभु बैंकका ग्राहकहरुले पनि सेवा र सुबिधाका कारण प्रभु बैंकलाइ होइन प्रभुकै आशामा बैंकमा जानुपर्ने हुनसक्छ ।

इन्ट्रनका नाममा ‘अबुझ’ कर्मचारी, सेवाग्राही मर्कामा 
गत असार ३० गते कोटेश्वर निवासी पत्रकार सुरज प्याकुरेल प्रभु बैंकमा खाता आफ्नो कम्पनी शुभम् मिडिया प्रालिको खाता खोल्न गएका थिए । उनले कम्पनीको खाता खोल्नका लागि फारमपनि भरे । उनी भन्छन्, ‘प्रभु बैंकको तीनकुने साखाको सेवा यतिसम्म झुर रहेछ कि कम्पनीको खाता खोल्न के के चाहिन्छ भन्नेपनि थाहा थिएन त्यहाँका कर्मचारीलाई । म इन्ट्रन हो थाहा छैन भन्नुभएको एक जना बहिनीले । एक छिन दिदि आउनुहुन्छ भनेपछि म केहि समय कुरें पनि । नभन्दै अर्को कर्मचारी आउनुभयो तर उहाँलाइ पनि थाहा रहेनाछ कम्पनीको खाता खोल्दा के के चाहिन्छ भनेर । ‘प्याकुरेल अगाडी भन्छन्, ‘त्यसपछि मैले आफैंले यो यो चाहिन्छ भनेर जानकारी दिएँ । ती कर्मचारीले त्यहि त्यहि गरिन् । यहाँसम्मकी कम्पनीको खाता खोल्दा कम्पनीको माइन्यूट चाहिन्छ कि भन्ने मेरो प्रश्नमा ‘ हजुर’ भन्ने जवाफ आयो । 
मैले ति कर्मचारीले माइन्यूट भनेको नबुझेको बुझिहालें ।’ ‘सेवा निकै झुर छ । एक मनले त यहाँ खाता खोलेर के काम जस्तो पनि लाग्यो । तर नजिक हुनुको फाइदा हुन्छ भनेर त्यहीं खोल्नु थियो ।  ‘एक छिन है म भित्र सोधेर आउंछु ।’ त्यहाँकी कर्मचारीभित्र केहिबेर बसेपछि केके कागजात चाहिन्छ भनेर सोधेर आइन् । र मैले दिएको कागजात ओल्टाई पल्टाई हेरिन् । ‘करचुक्ती खोइ त’ उनको प्रश्नले मलाइ एक मनले हाँसो उठ्यो । ‘मैले उनले करचुक्ताको प्रमाणपत्र मागेको हो भन्ने थाहा पाईसेको थिएँ । 
‘केहि महिनाअघि मात्र हो कम्पनी खोलेको । आर्थिक बर्ष नाघेको छैन । मैले यसअघिनै उनीहरलाई के के चाहिन्छ भन्ने सोधीसकेकाले उनीहरुले केहि जवाफ दिएनन्। ‘ प्याकुरेलको गुनासो थियो । प्याकुरेल अगाडी भन्छन्, ‘मैले सबै फर्महरु भरें । एसएमएस बैंकिङ, इ-बैंकिङ लगायतका सेवाहरु पनि लिन आवेदन दिएँ । उहाँहरुले ठिक छ आज जानुहोस् भनेपछि घर फर्कें ।   भोलिपल्ट फोन आयो, ‘तपाईं बैंक आउनु पर्यो दुइ ठाउँमा तपाईंको सहि र कम्पनीको छाप छुटेछ ।’ अचम्म लाग्यो करिव ५ मिनेट ओर्काइ फर्काइ के हेरेका रहेछन् कुन्नी !
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK