
- नवराज घिमिरे, सेयर बजार विश्लेषक
नेपाली पूँजी वजारमा दुई थरी तत्व हर हमेसा लागि परेका हुन्छन । एक थरी तत्व वजार लाई सधै नकारात्मक मात्र देख्छन र सधै सुगा रटाई झै गरेर वजार सुनियको हो , फुलेको हो र यो वेलुन जस्तो पारिएको हो भनि आतंक श्रृजना गरि नयाँ तथा अधैर्य लगानीकर्ताको दिमागमा नकरात्मक भ्रम फैलाई, मनोवल गिराई पर वाट रमिता हेरि रहेका हुन्छन । अनि भन्छन लौ हेर्नुस मैले वजार घटछ भनेको होईन ? घट्यो कि घटेन ? भनि सोसल साईडहरुमा कुम वजाई रहेका हुन्छन ।
अर्को थरी तत्व हर हमेसा वजार अव वढेर यो विन्दुमा पुग्छ , त्यो विन्दुमा पुग्छ भनेर नेप्सेको आईटी सेक्सन लाई नै चुनौती दिदै आफैले ( मेन्यूयली) संचालन गरेको झै गरि कुर्लि रहेका हुन्छन । यि दुवै तत्वलाई वजार राम्ररी वुझेका परिपक्क लगानीकर्ताले ‘वइयात’ र ‘वकमफुसे’ कुरा हो र यि तत्वको पछाडी लागेर आफुलाई कमजोर वनाउनु हुदैन भन्ने गर्दछन ।
म स्वयम पनि १० वर्ष भन्दा अघि देखि नेपाली पूजि वजारमा लगानी गर्दै आई रहेको एक लगानीकर्ता हुँ । मैले २०६५ साल को भदौ १५ गते ( ११७५ विन्दु ) पनि खायको , २०६८ असार १ गते ( २९२ विन्दु ) पनि पचायको साथै गत साउन १२ गतेको (१८८१ विन्दु ) पनि खादै आई रहेको वगरको ढुड:ा अझ भनै सतिसाल जस्तो गरी वजारमा दरियको लगानीकर्ता मध्यको हुँ ।
चिलले तिम्रो कान लग्यो भनेर कसैले भन्दैमा काननै नछामी चिलको पछि दगुर्नु भनेको महाँ पाखण्ड पन हो ।
विगत केहि दिन वाट तपाईले सरकारले निर्वाचनको मिति अव छिट्टै धोषणा गर्दैछ , अव यो वेलामा सेयर नकिने पछि परिन्छ भन्ने मन गढन्ते कुराले मात्र सेयर किन्नु भएको हो भने त्यो महा भुल पनि हुन सक्छ । किनकी चुनावको मिती घोषणा हुदैमा चुनाव भै हाल्छ भन्ने पनि हुदैन । नेप्सेमा सुचिकृत भएका २३२ कम्पनी सवै दुधले न्वायका छैनन । तर तपाईले कंम्पनीको विश्लेषण गरेर विगत ३ वर्ष वाट कम्पनीको गति विधी लाई नियालेर किन्नु भएको हो भने तपाई सहि लगानिकर्तामा पर्नु हुन्छ ।
त्यसैले मलाई अरु कुनै कुराको चिन्ता छैन खालि मैले किनेको कम्पनी वजारमा कत्तिको दरियको छ, त्यसका संचालक हरु कस्ता छन , गत वर्ष भन्दा यस वर्ष नाफा वढाउदै लगेको छ की छैन , पूजिँ गत संरचना कस्तो छ !! वस यस्तै यस्तै कुरा हेरेर लगानी गर्नु भएको छ भने तपाईले कुनै चिन्ता लिनु पर्दैन सेयर वाट तपाईले मनग्य पैसा वनाउन सक्नु हुन्छ । यसको विरुध्द तपाई ‘ नदी पारी वाट भुक्ने र ‘ चौवाटोमा फुक्ने ‘ को लहै लहै मा लागेर सेयर किनि रहनु भएको छ वा वेचि रहनु भएको छ भने तपाई निश्चित रुपमा डुव्न सक्नु हुनेछ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
- बजार घटाउन न्वारनदेखिको बल लगाउनेहरुले बुझून्, ‘झिँगा’ले सरापेर ‘डिगो’ मर्दैन !
- आजको वजारले लगानीकर्तालाई ‘सचेत’ मात्र गराएको हो की ‘सवक’ नै सिकाएको हो ?
- अर्थमन्त्रीज्यू, बास्केट फण्डको व्यवस्था गरी वजारमा भइरहेको ‘मेनुपुलेसन’ रोक्ने हो कि !
- सेयर बजारवाट नभागौ, बजारमा ‘सकुनी’ हरु प्रवेश गर्न थाले ! (नवराज घिमिरेको विश्लेषण)
- नवराज घिमिरेको यो टिप्स पढीसकेपछी तपाईंले सेयर बेच्नुहुन्न…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्