
- रोहन शर्मा
बिगतमा ‘बैंक पनि साथीपनि’ भनेर चिप्लो नारा दिएको एनआइसी एसिया बैंकले अहिले आएर आफ्नो वास्तविक स्वरुप देखाएको छ । त्यसैले एनआइसी एसिया बैंकसंग सम्बन्धित सबैले यी कुराहरु बुझ्न जरुरी छ। बैंक अव ‘बैंकपनि ‘शत्रु’पनि’ भएको छ ।
☆बिषेशत : एनआइसी एसियाबाट मार्जिन कर्जा उपभोग गर्नुहुने लगानीकर्ता मित्रहरु आँखा खोल्नुहोस् ।
☆ हिजो १८००ईन्डेक्स पुगेको दिन सेयर कर्जालाई प्राथमिकता दिएर करोडौं रकम बिज्ञापन गर्ने बैंकले आज ईन्डेक्स १३००को लाईनमा आउँदा भने आफैले होल्ड गरेको करोडौंको सेयर आजै लीलामिमा निकाल्यो ।
☆ सेवा शुक्ल 0.५% बाट बढाएर अहिले १.२५% अनि ८% को कर्जाको दर बढाएर १३.४९% पुर्याएको छ । अझै बढ्छ रे!
☆लोन म्याचुअड भएकोलाई त कुरै छोडौं भर्खर लोन नविकरण गरेकालाई समेत FORCE SETTLEMENT को दवाब दिंदैछ ।
☆यो सब कार्यकारीको अदुरदर्शिताको परिणाम हो।
☆बिषेशत NICA मार्फत सेयर कर्जा उपभोग गर्नुहुनेले एकपटक सोच्नुहोला । नेप्सेको अँकलाई नहेर्नुस्, आफ्नो उपस्थितीलाई बलियो बनाउन बेलैमा सोच्नुहोस् ।
☆हिजो बचतमा ३% सम्म ब्याज दिंदा कर्जामा ८% लिने बैंकले अहिले बचतमा ३% नै अनि कर्जामा १३.५% डस्दैछ।
☆ईतिहास हेर्नुहोस्, हिजो २०६६ को घट्दो बजारलाई न्युनतम बिन्दुमा ल्याउन पनि यही NIC बैंकको ठुलो योगदान थियो र आज पनि यस्तै प्रयोग हुँदैछ ।
☆हरेक दिन मध्यरातमा ऋणीलाई म्यासेज पठाउने अनि प्रेसर बढाउने सन्दर्भमा भने यो बैंकलाई ओस्कार अवार्डनै दिँदा फरक नपर्ला ।
बिगतको व्यक्तिगत भोगाईको अधारमा मेरो अन्तरमनको आवाज:
# NICA बैंक मार्फत कारोबार गर्नुहुने मित्रहरु सेफ ल्याण्डिङको बाटो खोज्नुहोस् ।
# हिजो नेप्से १८०० माथी हुँदा बजार मुल्य तथा १८० दिनको औसत मुल्यमा ७०% कर्जा प्रवाह गर्ने बैंकको उच्च तहले अहिले १३०० बिन्दुमा आउँदा भने बजार मुल्यको ३०% मात्र दिने निर्णय गर्दैछरे!
# बजारबाट कहिले घाटा त कहिले नाफा हुन्छ। प्रतीकुल परीस्थितीमा आफुलाई जोगाउन सक्नुनै ठुलो कुरा हो । अब नेप्से कती तल आउला भन्दा पनि आफुलाई कसरी टिकाउने भनेर बेलैमा सोचौं।
# यदी सक्नुहुन्छ भने यो बैंकमा रहेको मार्जिन लोनलाई अर्को सँस्थामा शिफ्ट गर्नुहोस्। हैन भने कसरी यो सँस्थासँग बिदा हुने भन्ने बिकल्प खोज्नुहोस्।
# बनाउन १०० जना चाहिन्छ भने बिगार्न १ जनानै काफी हुन्छ भन्ने कुरालाई यो बैंकले चरीतार्थ गरिदिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्