Skip to content
LAXMI SUNRISE BANK

EXCLUSIVE : दुर्गाप्रसाद काफ्लेलाई ‘साइबर कानुन’ अन्तर्गत मुद्धा हाल्ने लगानीकर्ताको तयारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
नेपाली सेयर बजारका विभिन्न फोरमहरुमा बजार घट्छ भन्ने प्रचार गरेर लगानीकर्ताहरुलाई त्राहिमाम बनाएको भन्दै नेपाली सेयर बजारमा निकै नै विवादित तर चर्चित पात्र दुर्गा प्रसाद काफ्लेलाइ साइबर कानुन अन्तर्गत अरुको मानहानी गरेको र सामाजिक संजालको दुरुपयोग गरेको अभियोगमा मुद्धा हाल्न लागिएको खबर अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । 
कसले हाल्दैछ उनलाई मुद्धा ?
सेयर लगानीकर्ताको एक समुहले उनी विरुद्ध साइबर कानुन अन्तर्गत मुद्धा हाल्ने तयारी गरिरहेको बुझिएको छ । विशेषगरी पछिल्ला दिनहरुमा बजार १२०० मा आउँछ भन्दै विभिन्न फोरमहरुमा लेख्दै आएका उनले केहि समय अगाडी छोटेलाल रौनियार सेयर बेचेर विदेश भागेको, रोहन शर्मा सेयर बेचेर विदेश हिंडेको लगायतका कुराहरु विभिन्न फोरमहरुमा पोष्ट गर्दै आएका थिए । नेपाली पूँजीबजार सम्बन्धि चर्चा हुने विभिन्न फोरमहरुमा निकै नै नकारात्मक प्रतिक्रिया दिने गरेको आरोप लागेका काफ्लेले अर्थ सरोकार टेलिभिजन कार्यक्रममा दिएका अभिव्यक्तिसमेत विवादमा तानिएका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK