
- अर्थ सरोकार सम्बाददाता
समग्र मिडिया प्रालिले दशैं तिहारको अवसरमा संचालन गरेको निःशुल्क पत्रकारिता तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरेको छ। समग्र मिडिया प्रा.लिको कार्यालय भिमसेनगोलामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले निशुल्क तालिम संचालन गरेर उदाहरणिय काम गरेको भन्दै समग्र मिडिया प्रा.ली.लाई धन्यवाद ज्ञापन गर्दै तालिममा सहभागीलाई शुभकामना दिएका छन् ।
कार्यक्रममा शुभकामना दिने क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले नेपालमा धेरै संचार माध्यम औपचारिक र अनौपचारिक दुबै रुपमा संचालन भएको हुनाले पत्रकारिता क्षेत्रमा धेरै नै अवसर रहेको बताउनु भएको छ ।
यसैगरी कार्यक्रममा उपस्थिती भएका प्रेस काउन्सिल नेपालका झबिन्द्र भुषालले पत्रकारिता क्षेत्र आफैमा स्वतन्त्र क्षेत्र भएकाले निडर भएर काम गर्न आग्रह गरेका छन् । समग्र मिडिया प्रा.लीले दशैं तिहारको अवसरमा संचालन गरेको निशुल्क पत्रकारिता तालिममा ४० जना सहभागी भएका थिए ।
उक्त तालिममा अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले पनि तालिमकर्ताका रूपमा थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्