
बाबा रामदेवको नजिकको सहयोगी आचार्य बालकृष्णको कहानी कुनै किंवदन्तीभन्दा कम छैन । एक गरीब नेपाली चौकरीदारको परिवारमा जन्मिएका बालकृष्ण अहिले भारतको ५० शीर्ष अर्बपतिको सूचीमा परेका छन् ।
४४ वर्षका आचार्य बालकृष्ण भारतमा सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको उपभोक्ता सामान बनाउने कम्पनी पतंजली आर्युवेद लिमिटेडका प्रबन्ध निर्देशक हुन् । फोर्ब्सको अनुसार बालकृष्ण भारतका ४८ औं धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति डाई अर्ब डलर छ ।
आचार्य बालकृष्णको कोठामा कुनै कम्प्युटर वा ल्यापटप छैन, सम्वादका लागि एउटा आइफोन प्रयोग गर्छन् । र, एक दिन पनि छुट्टी लिँदैनन्
उनको कम्पनीले श्याम्मुदेखि अनाजसम्म र साबुनदेखि चाउचाउसम्म रहेक चिज बेच्छ । हरिद्धारमा नेपाली माता-पिताको घरमा जन्मिएका आचार्य बालकृष्ण अहिले पनि एक आम जिन्दगी जिउँछन् र पतंजली आयुर्वेदको दैनिकको कामकाज उनकै जिम्मामा छ ।
हरिद्धारको आफ्नो कार्यालयमा कुराकानी गर्दै उनले भने, कम्पनीको सम्पत्ति मेरो निजी होइन । त्यो त ब्राण्डको हो, जो समाजको विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।’
आम जीवन जिउँछन्, छुट्टी लिँदैनन्
आचार्य बालकृष्णले पतंजली आयुर्वेद लिमिटेडमा ९७ प्रतिशतको स्वामित्वको साथ अमेरिकी पत्रिका फोब्र्सको सूचीमा यो वर्ष सेप्टेम्बरमा स्थान बनाएका हुन् । यो कम्पनीको स्थापना सन् २००६ मा भारतका लोकपि्रय योगगुरु बाबा रामदेवसँग मिलेर गरिएको थियो ।
यो कम्पनीमा रामदेवले निजी हैसियतमा कुनै ‘माकिल हक’ राख्दैनन् । तर, हाई प्रोफाइल योग गुरु पतंजली आयुर्वेदको अनुहार पनि हो । कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा रामदेव यसको उत्पादनको प्रमोसनका साथै विज्ञापन गर्दै आएका छन् ।
बालकृष्ण भन्छन्, अर्बपतिहरुको सूचीमा उनको नाम आउनु पतंजलीमा भारतीय उपभोक्ताहरुको बढ्दो विश्वासको प्रमाण हो, जसले बजारमा करिब साढे ३ सय उत्पादन बेच्छ । उनले भने, कम्पनीको सम्पत्ति कसैको निजी होइन, यो समाज र समाज सेवाका लागि हो ।’
आचार्य बालकृष्ण पतंजली योगपीठ ट्रष्टको महासचिव पनि छन्, जसले करिव ५ हजार पतंजली क्लिनिक र एक लाख कक्षा सञ्चालन गर्छ ।
बालकृष्ण पतंजली विश्वविद्यालयका कुलपति पनि हुन्, जसको योजना जडिबुटीमा आधारित औषधिको शिक्षाको विस्तार गर्नु हो । उनी पतंजली योगपीठको मुख्यालयको मुख्य भवनमा बनेको अस्पतालको पहिलो तलामा साधारण कोठामा काम गर्छन् ।
उनको कोठामा रहेको बाबा रामदेवको तस्वीर, एक बौद्ध पेन्टिङ, केही किताब र स्मारिकको कारण अध्यात्मिक जस्तो लाग्छ ।
आचार्य बालकृष्णको कोठामा कुनै कम्प्युटर वा ल्यापटप छैन र भन्छन्, उनीसँग यो चिज छैन पनि । अर्बपति बालकृष्ण भन्छन्, उनको सहयोगी उनका लागि कम्प्युटरको जरुरी काम गर्छन् र सम्वादका लागि एउटा आइफोन प्रयोग गर्छन् । र, एक दिन पनि छुट्टी लिँदैनन् ।
उनी भन्छन्, मेरो आफ्ना लागि कुनै योजना छैन । त्यसैले मैले छुट्टी लिएर पनि के गर्नु ? म हरेक दिन विहानदेखि बेलुकासम्म काम गरिरहन्छु र आफ्नो उर्जा र समय शतप्रतिशत आफ्नो काममा दिन्छु ।’
आचार्य बालकृष्णका अनुसार उनी र बाबा रामदेव ११ हजार कर्मचारी भएको यो कम्पनीबाट तलब पनि लिँदैनन् ।
कसरी भेट भयो रामदेवसँग ?
आचार्य बालकृष्ण भने पतंजलीको विकास र बीजेपी सरकारबीच कुनै सम्वन्ध छैन भन्छन् । भन्छन्, कम्पनीको यो प्रगति दुई दशकको कठिन परिश्रमको फल हो
आचार्य बालकृष्ण आफ्नो बाल्यकाल नेपालको स्याङ्जा जिल्लामा बिताए, जहाँ उनले कक्षा पाँचसम्म अध्ययन गरे । उनले बताए अनुसार जन्म भने हरिद्धारमै भएको हो, जतिबेला उनका पिता त्यहाँ चौकीदारको रुपमा काम गर्थे । अहिले भने उनका माता पिता नेपालकै पुख्र्यौली घरमा बस्दै आएका छन् ।
भारत फर्किएपछि हरियाणामा खानपुरको एक गुरुकुलमा अध्ययनका क्रममा १९८८ मा बाबा रामदेवको साथी बने । त्यसपछि दुबैले सँगै काम गर्दै आएका छन् ।
जुन २०११ मा सीबीआईले बालकृष्णविरुद्ध एक मुद्धा हालेको थियो । उनीमाथि आरोप थियो कि उनका धेरै डिग्री र कागजपत्र नक्कली छ, जसमा उनको पासपोर्ट पनि पर्छ ।
बालकृष्णले भने अहिले पनि त्यो आरोपको खण्डन गर्छन् । उनको दाबी छ कि उनीविरुद्ध लगाइएको आरोप युपी सरकारको एक योजनाबद्ध षड्यन्त्र थियो ।’
उनले बताए अनुसार बाराणसीको संपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट पाएको प्रमाणपत्र छ । कागजपत्रलाई सम्हालेर राख्ने र आवश्यक पर्दा पेश गनेए जिम्मेवारी विश्व विद्यालयको समेत भएको उनको दाबी छ ।
२०१२ मा जब सीबीअईले बोलाउँदा उनी कथित रुपमा फरार भए । त्यसपछि उनीविरुद्ध अर्को मुद्धा लाग्यो । उनका आलोचकहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वदेशीको बढवा दिने र स्थानीय ब्राण्डको बीचमा एक लिंक देख्छन् ।
तर, आचार्य बालकृष्ण भने पतंजलीको विकास र बीजेपी सरकारबीच कुनै सम्वन्ध छैन भन्छन् । भन्छन्, कम्पनीको यो प्रगति दुई दशकको कठिन परिश्रमको फल हो ।
प्रेरणाको स्रोत आमा
पतंजलीको वेबसाइटमा आचार्य बालकृष्णको परिचय आयुर्वेद, संस्कृत भाषा र वेदको महान ज्ञाताका रुपमा छ, जसले जडिबुटीबारे कयौं किताब र शोधपत्र लेखेका छन् । बाकृष्ण भन्छन् कि पतंजली करिव १०० वैज्ञानिकहरुलाई जडिबुटीको शोधको काम लगाएको छ र एक विश्वकोष तयार गर्ने काम भइरहेको छ ।
उनी यो पनि भन्छन् कि उनले करिव ६५,००० किसिमको जडिबुटीमा काम गरेका छन् र दाबी भन्छन्, जडिबुटीको औषधीय गुणबारे लेखिएको उनको एक किताब एक करोड प्रति बिक्री भइसकेको छ ।
उनले बताए अनुसार जडिबुटीबारे जुन विश्वकोषमा काम गरिरहेका छन्, यो करीब डेढ लाख पन्नाको हुनेछ । उनले भने, म मा मेरी आमाको गहिरो प्रभाव छ र उनी मेरो प्रेरणाको स्रोत पनि हो । जडिबुटीमा मेरो ज्ञानको आधार आमाको घरेलु टिप्सहरु हो ।’
बीबीसी हिन्दीबाट अनुवादित
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्