
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र महतोले मधेसको सवालमा तीनै दल बेइमान रहेको आरोप लगाएका छन् । प्रेस मंच नेपाल पर्सा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुको सट्टा खसवादीहरुको स्वार्थपुर्तिको लागि देशलाई ओझेलमा पारेको र देशलाई निकास दिनुको सट्टा लोकमान प्रकण ल्याएर मधेस मुद्दालाई समाप्त पार्ने तिन ठुला दलले चलखेल गरिरहेको बताए ।
संबिधान संशोधन बिषयमा जुन दलले बेइमानी गरे मधेसमा समाप्त हुने चेतावनी दिदै आन्दोलन कुनै जाती , धर्म र समुदायको बिरुद्ध नभई अधिकार र पहिचानको लागि भएको बताए । महतोले मधेसको सवालमा काँग्रेस गैर जिम्मेवार र एमाले ढुलमुले पारा देखाएको र वर्तमान माओवादी नेतृत्वको सरकारले मोर्चासंग गरेको सहमती कार्यन्वयनमा ढिलाई गरेकोले शंका उत्पन्न भएको धारणा राख्दै मधेसी जनतालाई अधिकार र पहिचान बिहिन बनाउने तिन दलकै बिरुद्धमा तिहार र छठ पछि कडा आन्दोलन गर्ने बताए ।
मधेस आन्दोलन चलिरहदा केपी ओली नेतृत्वको सरकार संग ३६ पटक वार्ता हुनु र बिना निस्कर्ष टुङ्गिनु तथा काँग्रेस मधेस मामलामा संस्थागत रुपमा अगाडि नआउनु बिडम्बना हो । तर प्रचण्ड नेतृत्वको सरकारले आशालाग्दो कार्य गरेको भएतापनि पुर्णरुपमा विश्वास गर्ने बातावरण नरहेको बताएका थिए । एक फरक प्रसंगमा महतोले तराई मधेस लोकतान्त्रिक पार्टी संग एकिकरणको कुरा ,कुरामै सिमित रहेको र संचार माध्यममा एकिकरण भइरहेको टिप्पणी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्