
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जनता बैङ्क नेपाल लिमिटेडले २ बराबर १ (२ः१०) अनुपातमा मङ्सिर १ गते देखि पुस ५ गते सम्म हकप्रद शेयर निष्काशन गर्ने तयारी गर्दै छ । कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
दोस्रो बजारमा बुधबार रू। ३ सय ८४ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू। १ सय अङ्कित दरमा खरीद गर्न पाइने छ । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैङ्किङ लिमिटेडमा आवेदन दिन सकिन्छ । साथै जनता बैङ्कका सम्पूर्ण शाखाहरुबाट र उपत्यका भित्र न्यूरोड , नयाँबानेश्वर , कलङ्की, कुमारीपाटी र भक्तपुरबाट दरखास्त दिन पाइनेछ भने उपत्यका बाहिरका लागि पोखरा, वीरगञ्ज बुटुवल नारायणगढ इटहरी , भैरहवाबाट आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रद शेयर निष्कासनपछि चुक्तापूँजी रू। ३ अर्व ९ करोड पुग्नेछ ।
जनता बैङ्क नेपालकोे असार मसान्तसम्म खुद मुनाफा २ गुणाले बढेर रू। ३२ करोड ५३ लाख पुगेको छ । कम्पनकिो प्रति शेयर नेटवर्थ १ सय ३० दशमलव २४ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्