×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्करको सकृयतामा ठूलो परिमाणमा पटाका भित्रिंदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तस्करको सकृयतामा ठूलो परिमाणमा पटाका भित्रिंदै

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 


काठमाडौं – नजिकिँदै गएको तिहार पर्वलाई मध्यनजर गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । दुवै जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको पाइन्छ ।
तस्करले सीमावर्ती भारतको रक्सौलबाट पर्सा जिल्लाको भिस्वा, पर्सौनी, सिर्सया, जानकी टोल, ठोरीलगायतका नाकाबाट पटका भित्र्याउने गर्दछन् भने बारा जिल्लाको मोतिहर्वा, ठवैगोठ, सिमरौनगढ, कचोरवा नाकाबाट पटाका भित्रिने गरेको छ ।
तस्करहरुले भारतको रक्सौलबाट पटाका वीरगन्ज तथा त्यस आसपासका बजारसम्म प¥याउँदा सो बापत ५० प्रतिशत तथा काठमाडौँ, हेटौडा, नारायणघाटसम्म पु¥याउँदा ७५ प्रतिशतसम्म भाडा लिने गर्दछन् ।
अति प्रज्वलनशील रहेको पटाका नेपालमा प्रतिबन्ध भए पनि व्यापारीले बढी मुनाफाका लागि लुकाइछिपाइ भित्र्याउने गरेको पाइन्छ । भारतको रक्सौललगायत विभिन्न ठाउँबाट आउने टाँगा, जिप, ट्रक तथा सुख्खा बन्दरगाहमा आउने सवारीसाधनमा लुकाइछिपाइ पटाका भित्र्याउने गर्दछन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरले थोरै परिणाममा पटाका भित्रिएको हुनसक्ने बताउँदै पटकपटक गरी दुई बोरा पटाका नष्ट गरेको बताउनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी