
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–४ मा रहेको राष्ट्रिय माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न आयोजित धार्मिक महायज्ञबाट रु २१ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।
विद्यालयले आयोजना गरेको महायज्ञमा रु २१ लाख ९३ हजार सङ्कलन भएको छ । सात दिनसम्म सञ्चालन भएको उक्त महायज्ञ आयोजक समितिका कोषाध्यक्ष मधु बोहराले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै रु १८ लाख नगद र तीन लाख बराबरको जग्गा उपलब्ध भएको जानकारी दिनुभयो ।

शिक्षाको सहयोगार्थका साथै आध्यात्मिक चिन्तन र भावनामा अभिवृद्धि गर्ने उद्देश्यले यहाँ पहिलोपटक महायज्ञ सञ्चालन भएको थियो । आयोजकले जिल्लाको ग्रामीण भेगमा पर्ने पिपलाडीमा पहिलोपटक धार्मिक तथा शैक्षिक महोत्सवले वैदिक धर्म–संस्कृतिको संरक्षण तथा विकासका साथै ग्रामीण क्षेत्रको विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक सङ्कलन भएको आयोजकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्