×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्न प्रस्ताव मागियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्न प्रस्ताव मागियो

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं – अन्तरिक्षमा नेपालको आफ्नै स्टलाइट स्थापना गर्न नेपाल दुरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय कम्पनीहरूबाट प्रस्ताव माग गरेको छ । प्राधिकरणले बिहिबार सूचना जारी गर्दै ४५ दिन भित्र प्रस्ताव पेस गर्न इच्छुक कम्पनीहरूलाई आह्वान गरेको छ ।

अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियनले सन १९८४ मै नेपालका लागि छुट्टाएका दुई स्याटलाइट स्लटलाई ३१ वर्ष बितिसक्दा पनि प्रयोगमा ल्याउन सकिएको छैन् । सूचना तथा सञ्चार मन्त्रालयले यस अगाडि विभिन्न समितिहरू बनाएर अध्ययन गरेको भए पनि स्याटलाइट स्लटलाई कसरी प्रयोगमा ल्याउने भनेर टुंगोमा भने सरकार पुग्न सकेको थिएन ।

इन्टरनेट, टेलिफोन, टेलिभिजन, रेडियो लगायत सञ्चार प्रविधिका लागि अहिलेसम्म सरकार र नीजि कम्पनीहरू विदेशी स्याटलाइटकै भर पर्दै आएका छन् । सूचनाको संवेदनशिलता र स्याटलाइट ब्यान्डविथका लागि बाहिरिने पुँजीका हिसाबले नेपालको आफ्नै स्याटलाइट महत्वपूर्ण छ । प्राधिकरणका प्रमुख दिगम्बर झा भन्छन् ।

अर्बिटमा ५० डिग्री र १ सय २३ दसमलब ३ डिग्री इस्ट पोजिसनमा नेपालका लागि आइटियुले छुट्टाएका स्लटमा नेपालले स्याटलाइट राखेर कत्तिको उपयोग गर्न सक्छ भन्ने विस्तृत अध्ययन नै भएको छैन् । प्राधिकरणले सिधै स्टलाइट निर्माण र सञ्चालन गर्ने कम्पनीबाट प्रस्ताव ईओआई मागेको छ । ‘सम्भाव्यता अध्ययन पनि तिनै कम्पनीले गरून भन्ने हाम्रो सोच हो ।’ प्राधिकरण प्रमुख झा ले भने ।

प्राधिकरणले स्टालाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यवहारिक पक्षको सुझाब समेत प्रस्तावमा समेट्न भनिएको छ । केही अन्तरराष्ट्रिय कम्पनीहरूले नेपाललाई उपलब्ध स्याटलाइट प्रयोगमा ल्याउन वर्षौदेखि चासो राख्दै आएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी