×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेयर मूल्य १० प्रतिशतले बढ्यो, बजारमा सामान्य सुधार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शेयर मूल्य १० प्रतिशतले बढ्यो, बजारमा सामान्य सुधार

१० कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – साताको चौथो दिन बुधबार नेप्से बजारमा आज भने सामान्य सुधार आएको छ। केहि दिन अघि देखि निरन्तर रुपमा घटेको नेप्से बजार आज बुधबार २ ४६ अंकले बढेर १७५३ ४६ को उचाईमा पुगेको छ ।

कारोबार सुरु हुँदा  ओरालो लागेको बजार पछि सम्हालिएर बढेको थियो । आज कारोबारमा आएका सूचक मध्ये बाणिज्य बैंक, डेभलपमेन्ट बैंक र हाइड्रोपावर बाहेकका सूचक बढेका छन् ।

यस दिन  १ सय ३०   कम्पनीका १०  लाख ५४  हजार १ सय ६३ कित्ता शेयर खरिद बिक्रिबाट  ८१  करोड ८२  लाख ७  हजार  ३  सय ४९  रुपैयाँको कारोबार भएको छ ।  जसमा माछापुछ्रे बैंक लिमिटेडको मात्र ६३ करोड ७९ लाख ७ हजार ४ सय ६० को कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा शिखर इन्स्योरेन्स कम्पनी, जनता बैंक , एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक लिमिटेड रहेका छन् ।

त्यस्तै बुधबार कारोबारमा बढी कमाउनेमा जनउत्थान सामुदायिक लघु बित्ता विकास बैंक, सिभिल बैंक लिमिटेड, मेगा बैंक, सिर्जना फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । यस दिन जनउत्थान सामुदायिक लघु बित्ता विकास बैंक र सिभिल बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

राप्ती भेरी विकास बैंक, एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १, सिद्दार्थ इक्विटी ओरियानटेड स्किम, किसन माइक्रोफाइनान्स वित्तीयसन्ता, जल बिद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले भने आजको कारोबारमा गुमाएका छन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी