Skip to content
LAXMI SUNRISE BANK

किर्ते कागज गरेर फरार रहेका दिपक पौडेल पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – इलाका प्रहरी कार्यालय नवलपुरले २ वर्षअघिदेखि फरार रहेका दिपक पौडेललाई पक्राउ गरेको छ ।  जिल्ला अदालत नवलपरासीले २०७१ साल ९ महिना ९ गते पौडेलमाथि १ वर्ष  कैद र ८० हजार जरिवाना फैसला गरेको थियो । उनले किर्ते कागज गरेका थिए। कावासोती १३ शिव मन्दिर बस्‍ने ३६ वर्षका दिपक पौडेल अदालतको फैसलापछि फरार थिए । 
इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपि राजेश थापाले उनलाई बुधबार बिहान पक्राउ गरिएको जानकारी दिएका छन्। दिपकलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि मात्रै  इलाका प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट करणी गरि फरार रहेका २  जनालाई प्रकाउ गरि जिल्ला अदालत पेश गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK