
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – निलम्बित लोेकमानसिंह कार्कीकी छोरी र अरु १० ‘विज्ञ’लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हटाएको छ । स्रोतका अनुसार विज्ञ भनिएका व्यक्तिहरु अख्तियारलाई आवश्यक नभएका कारणले हटाइएको हो ।
यो कदम आयुक्तहरुको छलफलपछि चालिएको हो । स्रोतका अनुसार अख्तियारले कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको छ ।
यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई र अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल र सञ्चार विज्ञ भनिएका शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई अख्तियारबाट हटाइएको छ ।
यस्तै मेडिकल विज्ञको नाममा नियुक्ति पाएकी लोकमानसिंह कार्कीकी छोरी आध्या श्रीलाई पनि हटाइएको अख्तियार स्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्