Skip to content
LAXMI SUNRISE BANK

राति १० बजेपछि देउसी भैलो खेलेको पाएमा कारवाही गरिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

   
काठमाडौ – तिहारमा राति १० बजे भन्दा उता देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति निकाली राति १० बजे भन्दा उता देउसी भैलो नखेल्न सबैमा आग्रह गरेको हो । यस्तै घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कोही कसैले यस विपरित गरेमा कानुन अनुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटाका, भूईंचम्पा जस्ता प्रज्वलनशित पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नर्गन पनि प्रशासनले आग्रह गरेको छ । यस्तो कार्यमाथि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम रोक लगाइएकाले कसैले पटाकासहितका विस्फोटजन्य पदार्थ प्रयोग गरेको पाएमा कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK