
- अर्थसरोकार सम्बातादाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ुतर्साएर समानान्तर सरकार चलाएकोु आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले थर्काएकै भरमा अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीले कर्मचारीतन्त्र चलाएको, सरकारकै अंगहरुको प्रयोग गर्दै संवैधानिक अंगलाई पंगु बनाएकाले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताए।
कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गराउन माग सहितको संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले कार्कीले सरकार जसरी नै समानान्तर सरकार चलाउने दुश्प्रयास गरेकाले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताए। कार्कीले सुरक्षा निकायलाई पंगु बनाएको, सरकारी संयन्त्र प्रयोग गरेर संवैधानिक अंगहरुमा बेथिति बढाएको आरोप अध्यक्ष ओलीले लगाए। एमाले कसैप्रति पूर्वाग्रही नभएको भन्दै उनले प्रतिशोध भन्दा पृथक रहेर मुलुक र जनताको हितका लागि महाअभियोग प्रस्ताव अघि सारेको बताए। समयको आवश्यकता र मागभन्दा पछाडि कोही पनि जान नसक्ने भन्दै अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव वर्तमानको आवश्यकता रहेको स्पष्ट पारे। पार्टीको संस्थागत निर्णय भइनसकेको भएपनि सर्वसम्मतीसाथ यस प्रस्तावको पक्षमा एमाले उभिने घोषणा समेत ओलीले गरे।
अचानक महाअभियोग प्रस्ताव ल्याइएको भन्ने सन्दर्भमा ओलीले निकै लामो समयदेखि कार्कीमाथिको काम कारबाहीका बारेमा प्रश्न उठेको भन्दै तात्कालीन समयमा मन्त्रीपरिषद् तथा सरकारमा सामेल नभएका दलहरुसँग पनि छलफल भएको स्पष्ट पारे। सरकार ढाल्नका लागि एमालेले षडयन्त्रपूर्वक संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको भन्ने नेपाली कांग्रेसका केही सदस्यको अभिव्यक्तिप्रति इंगित गर्दे षड्यन्त्र गर्नेहरुका विरुद्धको कदम नै महाअभियोग प्रस्ताव भएको दाबी गरे।
सत्तासाझेदार दल नेपाली कांग्रेसका केही वरिष्ठ नेताले वर्तमान सत्ता गठबन्धनलाई असफल पार्ने प्रयासस्वरुप एमालेले षडयन्त्रपूर्वक महाभियोग प्रस्ताव ल्याएको भन्दै पुर्नविचार गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन्। विभिन्न दल समर्थक संयुक्त विद्यार्थी संगठनले शनिबार प्रमुख दलका शीर्ष नेतालाई महाअभियोग प्रस्ताव पारित गर्नबाट पछि नहट्न दबाब दिँदै ज्ञापन पत्र बुझाउँदै छन्। संयुक्त विद्यार्थी संगठनले आइतबारदेखि महाभियोग प्रस्तावमा समर्थन जुटाउन देशभर प्रर्दशन गर्ने भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्