Skip to content
LAXMI SUNRISE BANK

बीरगन्ज नाका सहज भए संगै राजस्व संकलनमा बृदि

अर्थ सरोकार

  • अर्थ सरोकार  सम्बातदाता 
चालु  आवको असोजमा वीरगन्ज भन्सार कार्यालयले नौ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।  आव २०७३/७४ को असोजमा भन्सारले आठ अर्ब ५८ करोड ४१ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । वीरगन्ज नाकाबाट आयात निर्यात सहज हुँदै गएका कारण लक्ष्यभन्दा करिब ११ प्रशित बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।
असोजमा सो नाकाबाट दुई पाङ्ग्रे तथा चार पाङ्गे्र बाहनको आयात उल्लेख्य मात्रामा वृद्धी भएको थियो । असोजमा भारत तथा तेस्रो मुलुकबाट दुई अर्ब ५८ करोड २१ लाखको एक हजार २६८ थान जिप, कार, भ्यान तथा १३ हजार ५७९ थान मोटरसाइकल आयात भएको थियो । आयात गरिएका ती बाहनबाट मात्र चार अर्ब ६४ करोड ७६ लाख २० हजार राजस्व सङ्कलन गरिएको भन्सारले जनाएको छ । बाहनबाट सङ्कलन गरिएको उक्त राजस्व कूल सङ्कलित राजस्वको करिब ४८ प्रतिशत हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK