×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राष्ट्रपति नेपालको कुन–कुन ठाउँ जाँदैछन् ?, हेर्नुस्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतीय राष्ट्रपति नेपालको कुन–कुन ठाउँ जाँदैछन् ?, हेर्नुस्

२ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको छ।
जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ। यसका लागि आआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ।
बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं, राजनीतिक दलका अतिरिक्त बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुर उपमहानगरपालिका, जिल्ला विकास समिति धनुषाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ।
जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ।
मुखर्जीलाई काठमाण्डुबाट जनकपुर, जनकपुरबाट फेरि काठमाण्डु, काठमाण्डुबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाण्डु ल्याइने गरी रुट मिलाइएको बताइएको छ।
यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त ठाउँमा जान चाहेको तर सुरक्षाको कारण देखाउँदै उनको भ्रमण रद्द गरिएको थियो।
राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउने छन्।
यसअघि नेपालका राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासि स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो।
सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो। मुखर्जी जनकपुर आउने विषयमा केही साता पूर्व नै भारतीय अधिकारीले जनकपुर आएर विभिन्न स्थलको अवलोकन गरिसकेका थिए।
सुरक्षा लगायतको विषयमा जानकी मन्दिरमा पुगेर स्थलगत अनुगमन समेत गरिसकिएको छ। राष्ट्रपति मुखर्जीले केही योजनाको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको छ। उनी आएपछि जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।
जानकी मन्दिरमा पूजापाठ पछि उनी नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ। नागरिक अभिनन्दनपछि उनले हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी