
- अर्थ सरोकार सम्बाददाता
इलाम – इलामको दानाबारी–९ स्थित माइधारमा आज दिउँसो २ बजे यात्रु सवार एक डुङ्गा डुबेको छ । डुङ्गामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।
दुर्घटना स्थलमा अहिलेसम्म ५ जनाको शव भेटिएको इलाम प्रहरी प्रमुख एसपी सुशील कुमार यादवले जानकारी दिए । उनका अनुसार मृतकमध्ये २ पुरूष, २ महिला र १ बच्चा छन् । त्यस्तै ३० जनाको जीवितै उद्धार गरिएको छ ।
स्थानीयले बताएअनुसार डुंगा बढी यात्रु भएका कारण अनियन्त्रित भई, डुबेको थियो । डुंगामा डुबेकाहरुमध्ये दर्जनभन्दा बढी बालबालिका समेत रहेको बताइएको छ ।
नेपाली काँग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ । अहिले नेपाली सेना सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी कार्यकर्ताले डुबेकाहरुको खोजीकार्य गरिरहेका छन् ।