
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँबाट सञ्चालित एक आर्थिक अनलाइनका सम्पादकको मोबाइलमा घन्टी बज्यो । ‘सर म ‘फलानो’ ठाउँबाट । हजुरलाई एउटा दशैं गिफ्ट डेलिभरी गर्नुथियो, लोकेशन दिनुस् न ! केहि होला भनेर उनले लोकेशन दिए । एक कम्पनीबाट निकै सानदार रुपमा प्याक गरिएको उपहार आयो र उनी गए ।
उपहारसँगै उनको कार्ड थमाए र गए । उनले रिसिभ गरिएको भनेर कतै सहि गर्न पनि लगाएनन् । पछी हेर्दा त उपहार एक फुल रक्सी रहेछ । कहिले पनि रक्सी नपिउने उनले साथीलाई उपहार नै भनेर दिए, सबै कुरा भनेर । साथी दङ्ग भए ।
नक्सालस्थित एक बैंक । ‘सरलाइ भेट्न एक जना मान्छे आउनुभएको छ, दशैंको उपहार दिन भन्दैहुनुहुन्थ्यो । बैंकका प्रमुख वित्त अधिकृतदेखि सीइओसम्मको ढोका ढकढकाउंदै एसिष्टेन्ट बोल्दै थिइन् । नभन्दै त्यहाँ पनि सबैलाई रक्सी बाँढिएको थियो ।
कहिलेदेखि आयो यस्तो चलन ?
यो चलन निकै पूरानो भएको केहि बैंकरहरु बताउँछन् । ‘पहिला रक्सीका कम्पनी र ठेकदारले मात्र पठाउँथे भने अहिले अधिकांसले उपहार पठाउँछन् । प्रायले रक्सी नै पठाउँछन् ।’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने । यता कोटेश्वर कार्यालय भएका एक आर्थिक अनलाइनका संचालक भने आफुले पहिलो पटक यस्तो थाहा पाएको बताउँदै थिए । ‘सायद हाम्रो अनलाइन नयाँ भएर होला हामीलाई अचम्म लागेको ।’
केहिले खुसी मान्छन्, कहिले फर्काउछन् :
यसरी रक्सी उपहार दिनेलाई कतिपयले चिया कफी नै खुवाएर पठाउने समेत गरेका छन् भने कतिले आफु रक्सी नपिउने भन्दै फर्काउने समेत गरेका छन् । कतिले आफु रक्सी पिउने नै भएपनि यसरी आफ्ना क्लाइन्टबाट आएको वा कर्पोरेट हाउसबाट आएको रक्सी उपहार नलिने गरेको बताउँछन् । कतिपयले भने यसपाली आउनुभयो अर्को पटकदेखि नआउनुहोस् भनेर समेत फर्काउने गरेका छन् ।
र यतिसम्म पनि बदमासी हुन्छ…
उपहार त बाँढिन्छ, तर बाँढेको प्रमाण लिइदैन । कतिपयले फर्काएको उपहार बाँढ्नेले बीचैमा ‘पच’ समेत पार्ने गरेका छन् । कतिपयले रिसिभ गरेको सहि लिएर जाने गरेको भएपनि अधिकांसले त्यसो गर्दैनन् ।