×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय अवार्ड जितेका सीआइबी प्रमुखलाइ एक युवाको प्रश्न, ‘टियुमा खेताला बनेर परिक्षा दिनेको प्रमाण छ मसँग, कारवाही गर्न सक्नुहुन्छ ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अन्तराष्ट्रिय अवार्ड जितेका सीआइबी प्रमुखलाइ एक युवाको प्रश्न, ‘टियुमा खेताला बनेर परिक्षा दिनेको प्रमाण छ मसँग, कारवाही गर्न सक्नुहुन्छ ?’

Artha Sarokar

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सीआइबी प्रमुख नवराज सिलवालज्यू,

नमस्कार !
नेपाल प्रहरीमा विशेष पहिचान बनाएको निकाय केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको खबरले निकै खुसी बनाएको छ । आफ्नो देशको प्रहरी यतिसम्म सक्षम छ भन्ने थाहा पाउँदा गर्वले छाती फुलेको छ ।

दक्षिण अफ्रिकाको जोहनेसवर्गमा जारी १७ औं साइटिस सम्मेलनमा सिआईबी ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’बाट सम्मानित भएको हो । अमेरिकाको वासिङगटन डीसीस्थित एनिमल वेलफेयर इन्स्टिच्यूटले सिआईबीका निर्देशक तथा डिआईजी नवराज सिलवाललाई उक्त अवाड प्रदान गर्यो भन्दा एउटा नेपाली हुनुको गर्व महसुस भएको छ ।

सन् २०१० देखि नेपालमा चोरी शिकार बिरुद्द बिभिन्न अपरेशनहरु सञ्चालन गरी गैडांमा शून्य चोरी शिकार बर्षहरु मनाउन उल्लेखनीय योगदान पुर्‍याउनुका साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदानको कदर स्वरुप यो सम्मान दिएको हो भन्ने पढ्न पाउँदा निकै खुसी भएँ ।

केहि समयअघि नक्कली डाक्टरहरु पनि यसैगरी समातिए, नेपाल प्रहरीले म्याच फिक्सीङको काम गरेका खेलाडीहरुको पोल पनि खोल्यो  । हो, नवराज सिलवालज्यू, तपाईंले अव नेपालका शैक्षिक माफिया विरुद्धको अपरेशन चलाउनुपर्ने भएको छ ।
तपाईंलाइ थाहा छ कि छैन नवराज सिलवालज्यू, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न परीक्षामा नक्कली परिक्षार्थीको बिगबिगी नै छ । यतिसम्मकि कुन विषयको परिक्षा दिन कति रुपैयाँ भन्ने डिल चिया पसलहरुमा समेत हुने गरेको छ ।प्रवेश पत्रमा रहेको फोटोमा आफ्नो तस्विर टाँस्ने अनि परिक्षा दिने र यस वापत प्रति परिक्षा १० हजारदेखि ५० हजारसम्म लिनेहरु विभिन्न कलेजहरुमा पाइन्छन् ।
अझ दुखलाग्दो कुरा त  यसरी  अरुको  नक्कली परिक्षा  दिनेहरुमा  महिलाको संख्या पनि बढेको छ । जनतालाई सुसुचित गर्ने कसम खाएका केहि पत्रकारहरु पनि यसमा संलग्न छन् । तपाईं कारवाही गर्न सक्नुहुन्छ भने म तपाईंलाइ प्रारम्भिक प्रमाण सहित सहयोग गर्न सक्छु, के तपाइंको हिम्मत छ ?’  
उही एक सच्चा नागरिक 
झापा
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी