Skip to content
LAXMI SUNRISE BANK

‘सार्थकता लागि जनताको चुलोसंग जोडिनु पर्छ संबिधान’

अर्थ सरोकार

समाजवादको उन्मुख अर्थव्यवस्थाको परिकल्पना गर्दै संविद्यान जारी भएको पनि एक वर्ष पुगेको छ । श्रोतहरुको समानुपातिक वितरण , राज्यका हरेक अंगमा समावेशी व्यवस्था र लोक कल्याण कारी राज्य सयन्त्र नेपालको संविद्यान २०७२ का आर्थिक विशेषता हुन्। अझ मौलिक हकमा रोजगारी, शिक्षा स्वास्थ्य जस्ता विषयलाई स्पष्ट किटान गर्दै यो संविद्यान जारी भएकोहो।
     
संविद्यान जारी हुनु आफैमा महत्वपुर्ण विषय हो। त्यो भन्दा अझ महत्वपुर्ण विषय संविद्यानले दिशा निर्देश गरेका विषय के कति कार्यान्वययनमा आए भन्नेहुन्छ । त्यस माथी हरेक संविद्यानले परीकल्पना गर्ने भनेकोसमृद्ध जनता र समुन्नत राष्ट
हो ।
जनताको दैनन्दीतसंग जोडीदा मात्रै हरेक दस्तावेजले जिवन्तता संगै र्दिघजिवन प्राप्त गर्दछन्। सामान्य जनको चुलोचौको देखि राज्यका महत्वपुर्ण पदमा आसिन पदाधीकारीका जिवन सम्म यस्ता दस्तावेजको प्रभाव हुनेगर्दछ ।
त्यसमाथी हरेक नागरीकले जवसम्म यस्ता दस्तावेजको अपनत्व ग्रहण गर्न सक्दैनन्। कुनैपनि दस्तावेज ले जिवन्तता ग्रहण गर्न सक्दैनन्। यसै सेरोफेरोमा बिजपाटीले संविद्यानको अर्थतन्त्र  विषयमा केहि आर्थिक विज्ञहरुसंग कुराकानी गरेको छ ।
‘उत्पादनलाई बजारसंग जोड्नु पर्छ’
आर्थिक कोणबाट संबिधानलाई जनतासंग जोड्न स्थानीय आवश्यकता र सम्भावनालाई पहिचान गर्नु आवश्यक छ। अहिले हामी माथिबाट लादिएको आर्थिक गतिबिधिमा संलग्न छौ। यसैले आधार क्षेत्रले यसलाई अपनत्व अनुभब गर्न सकेको छैन। त्यसकारण स्थानीय उत्पादनलाई बजारसंग जोडेर स्थानीय आवश्यकता पूर्ति गर्नु पर्छ।
अहिले त जग्गा प्लटिङ गरेर एक हाल गोरु जोत्ने खेत मासिदै गएको बेला जनतालाई खेतिसंग जोड्ने कुरा हाँस उठ्दो होला। तर हामीले कृषि र पर्यटन लाई जनतासग जोडेनौ भने देश समृद्ध बन्दैन। जब देश सम्बृद्ध बन्दैन जस्तै संबिधान बनाएपनि भोको पेटले संबिधान चिन्दैन।
 ‘जोडौ अर्थतन्त्रका पाँच खम्बालाई’
अहीलेसम्म  हाम्रो संविद्यान अर्थतन्त्र , समाज कसैसंग जोडिइ सकेकोछैन । यसलाई जनतासंग जोड्न सबै भन्दा पहिले सात वटा प्रादेशिक राजधानी निर्माण गरौ। अनि यहाँ बाटै आर्थिक  गतिविद्यीलाई जनतासंग जोडौ।
संविद्यानलाई जनतासंग जोड्न अव आर्थिक मुद्दाहरु कार्यन्वययन गर्नु पर्छ। साच्चै यो संविद्यानलाई जनतासंग जोड्ने हो भने कृषि ,पर्यटन , सेवा ,खानी र जनसक्ती  लाई एकाकार गरेर परिचालन गर्नु पर्छ । यीनीहरुको विकासनै नेपालको विकास हो।
अहिले अर्थतन्त्र रिङरोड भीत्र मात्र खुम्चीएको छ । बैंक, सेयर वजार सवै चक्रपथ भीत्रको सानो घेरामा छन्। हामिले यीनीहरुलाई जनतासंग पुर्याउनु आवश्यक छ । रिङरोड भन्दा बाहिरको नेपाल धेरै ठुलो छ। अव संविद्यानले त्यता तिर सोच्नु पर्छ ।
‘कन्फीडेन्ट लेभल बढाएकोछ’
अर्थतन्त्र विस्तारीत भएको छ । आर्थिक गतिविधी गाउँगाउँ सम्म पुगेका छन् ।देखिने गरी यस विचमा त्यस्तो केहि नभए पनि लगानीकर्ता मा कन्फीडेन्ट बढेको छ । यसै कारणले बैंकहरुको नाफाको दर बढीरहेको छ । शेयर सुचाकांक सकारात्मक वनेको छ । यो आसा गर्न सकिने पाटो हो।
संविद्यान जारी भए पछि लगानिको क्षेत्रमा अनिश्चय घटेको छ । तर सर्वसाधरणले अनुभुति गर्ने गरी कुनै आर्थिक परीवर्तन भएको छैन । रोजगारी स्तर वढेको छैन । अझै पनि देशका कैयौ ठाउँ भोकमरी र अनिकालको सीकार भएका छन्। यी सवलाई करेक्सन गर्न तर्फ अव लाग्नु पर्ने देखिन्छ ।


‘जनताको चुलोसंग संविद्यान जोडिनु पर्छ’

जनताको जिवनसंग संविद्यान जोड्न संविद्यानलाईआर्थिक मुदासंग जोड्नु पर्छ। यसमा हामी कही कतै चुकिरहेका छौ। संविद्यानलाईखाली राजनितीक दाउपेचको विषय होइन , आर्थिक समृद्धीको दस्तावेज वनाइनु पर्छ।
खान नपाएकाले अघाउन्जेल खान पाउनुर नांगाहरुले न्यानोलगाउन पाउनुसंग संविद्यानको सार्थकता जोडीनु आवश्यक छ । सामान्य जनका आवश्यकताहरु संग देशको समृद्धि जोडिएकोछ । जोसीलो युवाको वुद्धि र विवेकको प्रयोगसंग संविद्यान हेरीनु पर्छ । अहिले यो कोणबाट कसैले हेरेको छैन । साच्चै संविद्यानलाई कार्यान्वययन गर्ने हो भने जनताको चुलोसंग देशको संविद्यान जोडिनु पर्छ ।
  • बिजपाटी 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK