
ताइवान । ताइवानका विद्यार्थीहरूले सोमबार (स्थानीय समय) राष्ट्रपति तसाइ इङ-वेन नेतृत्वको सरकारलाई हङकङका प्रजातन्त्रवादीहरुको रक्षा गर्न आग्रह गरेका छन् । चीनो अर्ध-स्वायत्त क्षेत्रका ४७ प्रजातन्त्र समर्थक व्यक्तिहरुलाई हङकङमा जारी गरिएको राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन गरेको आरोप लगाएर नियन्त्रणमा लिएपछि ताइवानका विद्यार्थीहरुले आफ्नो सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका हुन् । ताइवानको राष्ट्रिय विद्यार्थी संघका प्रतिनिधिहरूले व्यवस्थापिका युआनमा पत्रकार सम्मेलन गर्दै हङकङका प्रजातन्त्र समर्थकहरु उत्पीडनमा परेको र सरकारको दमनको सामना गर्नुपर्ने बताएका छन् ।
सरकारले पर्याप्त सहयोग पुर्याउन सक्ने विभिन्न कदमहरूको बारेमा समेत विद्यार्थीहरुले सरकारलाई सुझाएका छन् । उनीहरुले हङकङ र मकाओ मामिलासम्बन्धी कानुन र निययमको धारा ६० लाई संशोधन गर्नसमेत सुझाएका छन् । मानव अधिकार ताइवान संघको प्रस्तावलाई समर्थन गर्न व्यवस्थापिकालाई आह्वान गरेका छन् । चीनले गत जुनमा हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गर्दै प्रजातन्त्रको समर्थन गर्नेहरुलाई नियन्त्रणमा लिने र सरकारविरोधी आवाजहरु दमन गर्ने अभियान चलाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्