×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: प्रचण्ड र नेम्वाङ प्रधानमन्त्रीमा भिड्दै, को होला त अवको प्रधानमन्त्री ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अन्तत: प्रचण्ड र नेम्वाङ प्रधानमन्त्रीमा भिड्दै, को होला त अवको प्रधानमन्त्री ?

Artha Sarokar

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाइ प्रधानमन्त्रीको उमेद्वार बनाउने भएको छ ।कांग्रेस माओवादी गठबन्धनका उम्मेद्धार पुष्पकमल दाहालबिरुद्ध प्रधानमन्त्री पदको निर्वाचनमा एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अघि सारिने भएको हो  । 
प्रचण्डलाई निर्विरोध निर्वाचित हुन नदिन र प्रतिपक्ष भएको देखाउन एमालेले संसदीय दलका उपनेता नेम्वाङलाई प्रचण्डविरुद्ध मैदानमा उतार्न लागिएको बताइएको छ । । ‘पार्टी अध्यक्ष नउठ्ने भएपछि उपनेता नेम्वाङलाई मैदानमा उर्तार्ने निर्णयमा हामी पुगेका छौ’ एमाले नेता तथा सांसद रविन्द्र अधिकारीले अर्थ सरोकार डटकमसँग भने । 
एमालेले प्रचण्डसँग प्रतिस्पर्धा गर्न उपाध्यक्ष बामदेव गौतमलाई आग्रह गरेको थियो । तर गौतमले पछिपनि आफैलाई उम्मेद्धार बनाउने सर्त राखेपछि विकल्पमा नेम्वाङलाई रोजिएको हो । एमालेले जित्नका लागि नभई प्रचण्डलाई निर्विरोध हुन नदिन र प्रतिपक्षको भूमिका देखाउन नेम्वाङलाई अघि सार्ने भएको छ । 
नेम्वाङको उमेद्वारीसँगै प्रधानमन्त्रीको निर्वाचन खास हुने पक्कापक्की छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी