
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले लुट मच्चाईरहेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनीमाथि परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
एयरपोर्टमा विभिन्न घोटाला गरेको आरोप लागेका उपाध्यायले त्रिभुवन विमानस्थलको ईन्टरनेशल टर्मिनल स्थित वेटिङ रुम लगायतका स्थानका लागि एसी खरिद गर्न भन्दै आह्वान गरिएको टेण्डर प्रक्रियामा अनियमितता गरेको भन्दै उजुरी परेपछी अख्तियारले यस बिषयमा छानविन सुरु गरेको हो ।
‘हामीले उपाध्याय सहितका केही अधिकारीमाथि छानविन सुरु गरेका छौं । खरिद प्रक्रियामा संलग्नहरुलाई हामी अनुसन्धानको दायरामा ल्याउँछौं ।’ अख्तियार प्रवक्ता कृष्णहरी पुष्करले भने ।
‘बढी मुल्यको टेण्डर स्वीकृत गर्ने देवानन्द उपाध्याय सहित मेकानिकल शाखा प्रमुख कुलप्रसाद सिंखडा, मेकानिकल शाखाकी प्रभा शर्मा ढकाल तथा खरिद प्रमुख राजेन्द्र पौडेलमाथी छानविन शुरु गरिएको छ ।’ अख्तियार स्रोतले भन्यो । कमिसन लिएर काम गर्ने गरेको भन्दै देवानन्द उपाध्याय सहितका केहीलाई अख्तियारमा उजुरी परेको छ ।
उक्त टेन्डरमा महँगो शुल्क भएको महाविरश्री ईन्टरनेशनल प्रा.लि लाई छनोट गरिएको थियो । यता देवानन्द उपाध्यायले भने शुल्क मात्रै टेन्डर प्रक्रियाको नतिजा ल्याउने कुरा नभएको दावी गर्दै आएका छन् ।
छुट्यो कि !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्