
भारतले गरेको अघोषित नाकाबन्दीका कारण देश संकटग्रस्त छ । जताततै अभाव छ । सबैजसो व्यवसाय चौपट भएका छन् । नागरिकको खल्तीमा मुस्किलले केहि रुपैयाँ मात्र बाँकी छ । भर्खर सकिएको दशैंले टाँट भएको खल्तीलाई छाम्दै दैलोमा आइपुगेको तिहारलाइ जवरजस्त स्वागत गर्न बाध्य छन् नागरिकर । तर यहि परिस्थितिकाबीच काठमाडौँको सेन्चुरी बैंक भने ब्रम्हलुट गरिरहेको छ ।
प्रसङ्ग बिहिबार बिहानको हो । सर्लाही स्थायी घर भइ हाल नरे फाँटका एक बासिन्दा एभेरेष्ट बैंकको खातामा रहेको १००० रुपैयाँ अत्यावश्यक परेपछि कोटेश्वरस्थित सेन्चुरी बैंकको एटिएममा पुगे । एटिएमको कोड नम्बर दाबेर १००० रुपैयाँ निकाल्न खोज्दा उनलाई ५०० रुपैयाँ काटिने जानकारी आयो । त्यसपछि उनी पैसा नझिकी भारी मन लिएर फर्के ।
‘१००० रुपयाँ निकाल्न खोज्दा ५०० काट्ने यो कस्तो नियम हो ? ‘ नेप्लिज समाचारसँग उनले भने ‘ सेन्चुरी बैंकले खुलेआम ब्रम्हलुट गरिरहेको छ ।’
‘मेरो कार्ड एभेरेष्ट बैंकको, एटिएम सेन्चुरी बैंकको, अनि पैसा काट्ने सुचनाचाहिं इन्भेष्टमेन्ट बैंकको । आम नागरिकलाइ तिरिमिरी झ्याई बनाएर सेन्चुरी बैंकले ब्रम्हलुट गरिरहेको छ ‘ उनले आक्रोस पोखे ।
के भन्छन सेन्चुरी बैंकका प्रतिनिधि ? : यसबारे बुझ्न हामीले सेन्चुरी बैंकमा फोन गरेका थियौं ।त्यहाँका कर्मचारीले त्यस्तो हुनु नपर्ने र आफुले यसबारे बुझ्ने प्रतिकृया दिईन् । उनले हाल बैंकले इन्भेष्टमेन्ट बैंककै स्विच प्रयोग गरेको हुनाले उक्त बैंकको नाम आएको बताएकी छिन् । ‘ त्यस्तो नहुनु पर्ने हो, यतैबाट त्यस्तो त्रुटी भएको होला, म फोन गरिदिन्छु ।’ कार्ड विभागकी एक महिला कर्मचारीले नेप्लिज डट ओआरजीलाई बताइन् ।
एउटा बैंकबाट अर्को बैंकमा रहेको खाता बाट पैसा निकाल्दा औसत २५ रुपयाँ देखि १५० रुपैयाँ सम्म काटिने गर्दछ । तर सेन्चुरी बैंकबाट एभेरेष्ट बैंकमा रहेको खाताको पैसा निकाल्दा ५०० रुपैयाँ काटिने नियम अचम्म लाग्दो छ त छँदै छ अर्को बैंकको नाम लिएर किन र कसरि बैंकले जनता लुट्दै छ त्यो भने रहस्यको गर्भमै छ ।