×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोर दोहोर गर्न मिल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोर दोहोर गर्न मिल्ने

Artha Sarokar

१२ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भूकम्पबाट क्षतविक्षत तातोपानी नाका भोलीबाट खुल्दैछ । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरका अनुसार बाटो खोल्दै आज लिपिङबजारसम्म डोजरहरु पुगेका छन् ।

नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वर केही ठुलो पहिरो भोली दिनभरीमा खोलीसक्ने समेत गुरुङले बताए । उक्त पहिरो खोल्नसाथ चिनसँगको सिमा जोडिन्छ ।

अहिले सिमाको १ किलोमिटर नजिकैसम्म यातायात जान सक्ने भइसकेको छ । गुरुङका अनुसार मितेरी पुलनजिकै रहेको उक्त पहिरो हटाउन केही स्थानियको घरहरु भत्काउनपर्ने या अर्को नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ । स्थानिय घरहरु भत्काउन सहमति भए पहिरो पन्छाएर पुरानै सडकट्रयाक अनुसार खोल्न सजिलो र छिटो हुनेछ । उनले भने, ‘हामी भोली बेलुकीसम्म चिनसँग सडक जोड्छौं’ ।

स्थानिय व्यावसायि अर्जुन सापकोटाका अनुसार लिपिङ तथा तातोपानी बजारका मानिसहरु घर फर्किन थालेका छन् भने घरहरुमा बस्न तथा सटरहरु खोल्न थालेका छन् ।

खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिन लागेपनि पर्सि विहिबारबाट मालबहाक गाडी गुडाउन सकिने गुरुङले बताए  ।

अरु थप पहिरो आउने या कुनै प्राकृतिक दुर्घटना नभएमा विहिबारबाट मालबहाक गाडी गुड्न सक्ने भएको छ ।

अर्थमन्त्री रामशरण महतले स्थानिय स्वार्थ राखेर तातोपानी नाका खुलाउने बजेट रोकेका थिए । उनको स्थायी घर र चुनावी क्षेत्र नुवाकोटलाई मध्यनजर गर्दै बजेट केरुङ नाकामा पठाएर बाटो खुलाएपनि चिनतिरको बाटो नखुलेका कारण समस्या भइरहेको छ ।

सिहंदरबारले उचित पहलकदमी र बजेट व्यावस्था नगरेपनि स्थानिय सहयोग, सडक डिभिजन कार्यालय चरिकोटको सक्रियता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथा नेपाल हिमाल सिमापार बाणिज्य संघको सक्रियतामा यो सम्भव भएको हो ।

तर तातोपानी नाकामा भने चिनले बाटो पूनर्निमार्ण गरिसकेको छ भने नेपालको नाका मितेरी पुलसम्म  चिनियाँ मालबहाक गाडीहरु चलिसकेका छन् ।

विहिबारबाट नाका संचालनमा ल्याउनका लागी समेत सरकारले पहल गर्नुपर्छ । मोटरबाटो संचालनमा आएपनि महिनौं संचालनमा नआएको भन्सार तथा ओहोदोहोर खुलाउनका लागी चिनियाँ पक्षसँग सरकारीस्तरमा पहल हुनपर्ने हुनसक्छ ।-खबर डबली

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी