केहि दिन अघि उज्जल थापाको संसारकै सुन्दर सहर भन्ने आलेख पढ्न पाँए ।उनले नेपाललाइ संसारकै एक सुन्दर र सम्बृद सहरको कल्पना गरेका छन् ।उज्जल थापा मात्र होइन , नेपालको पछिल्लो पुस्ता सुन्दर र सम्बृद नेपालको कल्पना र सपना मात्र बोकिरहेको छ ।राजनीतिक परिवर्तन मात्र देख्न पाएका हामी बिकाश र आर्थिक समृदिको कल्पना मात्र गरिरहेका छौ ।संसारमा तिब्र गतिमा भैरहेको प्रबिधि र विज्ञानको बिकाशमा पछिल्लो नेपालि पुस्ता पनि समाहित हुन चाहन्छ । आधुनिक प्रबिधिको धेरथोर उपगोय हामीले पनि गर्न पाएका छौ ।तर हामि निकै पछि छौ । राजनीतिक ब्यबस्थाकै फेरबदलमा अल्झिरहेको नेपाली समाजमा आधुनिक बिश्वको अनुभब गर्न पाएका छैनौ । यही कारण प्रबिधि र विज्ञानमा लगाब राख्ने पछिल्लो पुस्ता नेपालमा बस्न चाहदैनन् ।किनकि हामि प्रविधिमा निकै पछि छौ । पछिल्लो समयमा नेपालबाट युवाको पलायन धेरै बढेको छ ।
आधुनिक नेपाल बन्न किन ढिला भयो ? किन हाम्रो पुस्ताले बिकाशको अनुभब गर्न पाएन ? आधुनिक नेपाल हाम्रो पुस्ताको लागि कल्पना मात्र किन भयो?के आउदो पुस्ताका लागि पनि हामीले बिकसित नेपाल बनाउन सक्दैनौ ? यस्ता प्रस्नहरु हाम्रो पुस्तामा ब्याप्त छ। के नेपाल साच्चिकै गरिब हो ? पक्कै होइन ।हामी संग मनोरम प्रकृति छ ।सुन्दर हिमाल छन् । बुद्दको जन्मस्थल शान्तिभूमि लुम्बिनी छ । सास्कृतिक र भौगोलिक बिबिधता छ । संसारभरका मानिसहरुलाई लोभ्याउन सक्ने क्षमता छ ।कृषिबाटै आत्मनिर्भर बन्न सक्छौ ।तर किन बनेन अहिले सम्म बिकशित मुलुक ?किनकि हामीले मार्ग बिर्सेका छौ ।हामि संग भएको क्षमता चिन्न सकेनौ ।राजनीतिक सस्कार भन्दापनि राजनैतिक ब्यबस्थाका पछाडी रुमल्लिरहेउ ।हामी संग आधुनिक र बिकशित बन्न सक्ने भरपुर स्रोतहरु छन् ।स्रोतहरुको उपयोग र ब्यबस्थापन गर्न जानेनौ ।नेपाल भन्दा पछि राजनैतिक स्थिरता आएका मुलुकहरु निकै अगाडी गैसके ।छिमेकि मुलुकहरु समेत पछिल्ला ५ दशकमै अर्थतन्त्र र बिकाशमा निकै फड्को मारिसके ।किनकि उनीहरुले राजनीतिक ब्यबस्थालाइ आर्थिक बिकाशका लागि प्रयोग गरे ।तर नेपालमा राजनीति ,राजनैतिक ब्यबस्था परिवर्तन गर्ने माध्यम मात्र बन्यो ।
करिब ५ दशक भन्दा अघिको पुस्ताले नै अहिले सम्म नेपालको नेतृत्व गरिरहेको छ ।युबा शक्ति देशको राजनीति बाट निकै टाढा छ ।उर्जा र भिजन बिनाका ब्यक्तिहरु देशको बागडोर सम्हालिरहेका छन् । राजनीति र राजनीतिककर्मी शब्द नेपालमा बद्नामको शब्द बनेको छ । धेरै जसो नागरिकले नैतिकता बिर्सेका छन् । देशका बिश्वबिद्यालयहरु राजनीतिक अभ्याश गर्ने केन्द्र बनेका छन् । हरेक ब्यापारिक क्षेत्रमा कालोबजारी ब्याप्त छ ।राष्ट्र सबकले आफ्नो जिम्मेवारी र इमान घुस संग बेचेका छन् ।नीति नियम ,कानुन ,प्रशासन सब प्रयोगहिन बनेका छन् । धर्म र जातका नाममा समेत राजनीति छ । यी यावत कुराहरुले हाम्रो पुस्ता सुन्दर ,सम्बृद र सम्मुनत नेपालको कल्पना मात्र गरिरहन बाध्य छ ।
हामीले मार्ग बिर्सेको मात्र हो । देशका हरेक नागरिक बिबेकशील हुने हो भने निकै छोटो समयमा नै हामीले बिकशित नेपाल बनाउन सक्छौ । त्यसको लागि ब्यबस्थामात्र होइन संस्कार बदल्नु छ ।शिक्षा र नैतिकता चाहिएको छ ।नेतामा इमान्दारीताको खाँचो छ भने ,जनतामा बिबेकको । पारदर्शी र जबाबदेही सरकारी संरचना चाहिएको छ । राज्यका हरेक अंगमा उर्जाशील युबाको उपस्थिति चाहिएको छ ।जनताप्रति उत्तरदायी नेता चाहिएको छ ।देशको प्रमुख जनताले नै छान्न पाउने ब्यबस्था चाहिएको छ ।हम्रो पर्यटन र कृषि मात्र उपयोग गर्न सक्यौ भने पनि देश भित्रै प्रशस्त रोजगार सिर्जना हुने छ ।नेपाल पर्यटनको उद्गम गन्तब्य बन्न सक्छ ।पर्यटननै देशको मुख्य आम्दानीको स्रोत बन्न सक्छ,त्यसको लागि पनि आन्तरिक पुर्बधारको बिकाश चाहियो ।तिब्र पूर्वाधार बिकाशको लागि पारदर्शी सरकारी संरचनाको खाचो छ ।रोजगार र बिकाशका लागि उपयुक्त नीति अबलम्बन गर्न सके युबा पलायन रोक्न सकिन्छ ।
संबिधान निर्माणको यो समयमा हरेक नागरिक सचेत र बिबेकशील बन्न जरुरि छ ।अहिले सम्म राजनीतिक अभ्यासमात्र गरिरहेका हामि नेपालीले अब आर्थिक सम्बृदी र बिकाशको दिशामा जानु पर्दछ ।दिर्घकाल सम्म उपयुक्त हुने संबिधान आउनु पर्दछ । संविधानले देशका हरेक नागरिकमा अपनत्व ल्याउनु जरुरि छ ।जब संबिधानले राजनीतिक स्थिरता ल्याउछ तब आर्थिक र प्रबिधिमा बिकशित हुन समय लाग्ने छैन ।राजनीतिक ब्यबस्थालाई आर्थिक समुन्नतिको मार्गमा प्रयोग गर्न सके हाम्रै पुस्ताले आधुनिक नेपालको अनुभब गर्न सक्ने छ ।