
बेइजिङ । आफ्नो सन्तानलाई अध्ययनका लागि विदेश पठाउने चिनियाँ अभिभावकहरुको संख्या बढ्दै जाँदा चीन सरकारले यसक्रमलाई रोक्ने रणनीति अख्तियारको तयारी गरिरहेको छ । चीन सरकारले ‘नाबालिगहरूलाई विदेशमा पढ्न निरुत्साहित गर्ने संयन्त्र’ निर्माण गर्ने प्रयास गरिरहेको एक अध्ययनले देखाएको छ । चीनको शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक्क अनुसार २०१९ मा सात लाख चिनियाँहरु विदेश पढ्न गएको देखिन्छ । यो सन् २०१८ को तुलनामा ६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
सन् २०२० मा विश्वव्यापी महामारीका बाबजुल माध्यमकि तह अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चीनमा विद्यालयहरुमा हुने भयानक प्रतिस्पर्धाबाट जोगाउनका लागि चिनियाँ अधिभावकहरुले आफ्नो बालबालिकालाई अध्ययनका लागि विदेश पठाउनेहरुको संख्यामा वृद्धि भएको हो । गत महिना कोलर्नले जारी गरेको एक प्रतिवेदनमा चीनको सबैभन्दा ठूलो निजी शैक्षिक सेवा प्रदायक न्यू ओरिएन्टलले प्रयोग गरेको अनलाइन शिक्षा प्लेटफर्मले गत वर्षमा विदेशी अध्ययनको लागि परीक्षामा भाग लिने २० प्रतिशत विद्यार्थी १२ कक्षा तह वा त्यसभन्दा मुनिका विद्यार्थीहरु रहेको थिए ।
जनवरीमा, शिक्षा मन्त्रालयले एक राष्ट्रिय शिक्षा सम्मेलनमा ‘नाबालिगहरुलाई विदेशमा पढ्न निरुत्साहित गर्ने संयन्त्र’ निर्माण गर्ने बताएको थियो । यद्यपि मन्त्रालयले यसमा के समावेश हुन्छ भनेर विस्तृत रूपमा भने जानकारी गराएको छैन । मन्त्रालयले चिनियाँ विद्यार्थीहरूको विदेश जानको प्रवृत्तिको बारेमा चिन्ता व्यक्त गरेको छ । २०१६ मा प्रवक्ता जु मेईले एक प्रेस सम्मेलनमा मन्त्रालयले नाबालिगहरुलाई विदेश पठाउन प्रोत्साहित गरेन । किनभने उनीहरू बच्चाहरू आफ्नै उमेरमा बस्न र अध्ययन गर्न योग्य छैनन् भन्ने विश्वास राख्छन् । सांघाईस्थित २१ औं शताब्दी शिक्षा अनुसन्धान संस्थानका उपनिर्देशक जियाङ् बिन्कीले परिवारले आफ्ना बच्चाहरूलाई देश बाहिर पठाउन रोक्न उपाय अपनाउने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्