×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखाका स्थानीयलाई सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चिनियाँ सेनाको चेतावनी

PRIME CA

गोरखाका स्थानीयलाई सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चिनियाँ सेनाको चेतावनी

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

गोरखा । गोरखाको सीमा क्षेत्रमा रहेका चिनियाँ सेनाले स्थानीयलाई सीमा आसपास कुनै पनि गतिविधिहरु नगर्न चेतावनी दिएको छ । तिब्बतको जोङ्बो काउन्टीका चिनियाँ सेनाका अधिकारीले सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
जुन ८ मा चिनियाँ सेना अधिकारी र चीनसँगको सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ७ का जनप्रतिनिधहरुसँगको छलफलमा सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
चिनियाँ अधिकारीको भनाइ उदृत गर्दै एक स्थानीयले भने, ‘चिनियाँ सेनाका अधिकारीहरुले छलफलका लागि बोलाए । छलफलका क्रममा दुई देशलाई छुट्याउने अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् ।’ चिनियाँ सेनाको चेतावनीपछि स्थानीय आक्रोशित बनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: