
वासिङटन डीसी । चीनले छिमेकी मुलुकहरुमा सुरक्षा खतरा बढाउने प्रयास गरिरहेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । चीन र भारतबीच सीमाक्षेत्रमा जारी तनावलाई संकेत गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनले क्षेत्रीय असुरक्षा बढाएको टिप्पणी गरेका हुन् ।
भारत र चीनबीच जारी तनाबको शान्तिपूर्ण समाधानमा अमेरिकाले समर्थन गर्ने पनि उनले बताए । अमेरिका इण्डो-प्यासेफिक क्षेत्रमा आफ्ना साझेदारहरुको पक्षमा सधैँ साथ दिने पनि प्राइसले बताए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकन र उनका भारतीय समकक्षी एस जयशकरबीचको वार्तालाई उल्लेख गर्दै अमेरिका र भारतबीच रणनीतिक साझेदारी बृहत र बहुआयामिक भएको प्रवक्ता प्राइसले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्