- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको आज ६ सयले घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ९३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३१ रुपैयाँ ५० कायम गरेको छ ।