
बेइजिङ । चीनले सिन्जियाङमा रहेका उइगर तथा अल्पसंख्यक मुस्लिमहरुमाथि नरसंहार गरिरहेको छ । यस विषयमा संयुक्त राज्य अमेरिकालगायतका पश्चिमा मुलुकहरुले मानवअधिरकारको चरम उल्लंघन र मानवताविरुद्धको अपराध भएको बताएका छन् ।
तर मुस्लिममाथिको दमनको विरोध गर्ने इस्लामिक स्टेटले भने उइगरमाथि भइरहेको नरसंहारका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन । इस्लामिक स्टेटले केवल उइगुर मुद्दाहरूको बारेमा मात्र नभइ चिनियाँ प्रभावका कुनै पनि मुद्दामा मुख खोलेको छैन । विज्ञहरू यस मौनताको पछाडिको कारणबारे विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । केहीले यो रणनीतिक चाल भएको बताएका छन् । आईआईसले मध्यपूर्व र दक्षिण एशियामा अमेरिकी सैनिक उपस्थितिको विरोधलाई प्राथमिकता दिन्छ ।
केहीले बेइजिङको दमनकारी राज्य उपकरण र शिनजियांग क्षेत्रमा निगरानी विधिहरूले विरोध गर्दा चीनबाट आउने आर्थिक सहायता रोकिने आँकलन गरेका छन् । यद्यपि केही उइगरमाथिको नरसंहारविरुद्ध पनि नबोल्नु अस्थायी ब्लिप हुनसक्ने बताएका छन् । आईएसआईएसले मुस्लिमहरुको उत्पीडनविरुद्ध विश्वभर आतंक फैलाइरहेको समूह हो । यसले चीनमा रहेका उइगर मुस्लिममाथि भइरहेको दमनलाई रोक्नुपर्ने भन्दै आवाजहरु उठिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्