
काठमाडौं । भारत स्थित उत्तराखण्डको पिथौरागढ जिल्लाको मालपास्थित महाकाली नदीमा रहेको ताल फुट्ने सम्भावना रहेको भन्दै सरकारले ‘अलर्ट’ जारी गरेको छ । जिल्ला प्रशासनले जारी गरेको ‘अलर्ट’पछि भारतीय प्रशासन पनि सतर्क बनेको छ । महाकाली र शारदाको किनारमा काम गर्ने मानिसहरु र बासोबास गर्ने जनतालाई सचेत गराउने उद्देश्यले सो अलर्ट जारी गरिएको हो ।
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले तयार पारेको एक प्रतिवेदन अनुसार दार्चुलाको मालपास्थित महाकाली नदीमा रहेको ताल कुनै पनि समय फुट्न सक्ने आशंका गरिएको छ ।यदि ताल फुट्यो भने यसमा जम्मा भएको पानीले विनाश निम्त्याउन सक्छ ।
टनकपुरका जिल्ला प्रशासन प्रमुख हिमांशु काफल्टियाले नेपाल प्रशासनले जारी गरेको अलर्टको बारेमा जानकारी रहेको बताउदै आफुहरू पनि सतर्क रहेको जनाए । सावधानीका रूपमा एनएचपीसी र उत्खननमा संलग्न मजदुरहरूलाई टनकपुर ब्यारेज प्रशासनलाई सचेत गराउन निर्देशन दिइएको छ । उनले नेपाल प्रशासनको यो प्रतिवेदनको बारेमा थप सूचना संकलन भइरहेको पनि बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्