
बेइजिङ । विश्वभर कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भइरहेको समयमा चीनले आफुले बनाएको खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको न्युयोर्क टाईमले आरोप लगाउदै लेख प्रकाशित गरेको छ । यद्यपि चीनको त्यो चाहना उसको लागि प्रत्युत्पादक साबित भएको सोही लेखले निस्कर्श निकालेको छ । ब्राजिल र टर्कीका अधिकारीहरुले चिनियाँ कम्पनीहरुले विसका गरेको कोरोनाविरुद्धको खोप पठाउन ढिलो गरेकोप्रति आक्रोश व्यक्त गरेको उदाहरण प्रस्तुत गर्दै सो पत्रिकाले खोपलाई भुराजनितिक जितको लागि प्रयोग गर्ने चिनियाँ प्रयास उसैको लागि प्रत्युपादक बनेको निष्कर्ष निकालिएको हो ।
त्यस्तै चिनियाँ खोपहरुको प्रभावकारिताका बारेमा बहिरिएका तथ्यहरुले ब्राजिल र टर्कीजस्ता मुलुकहरु पनि सशंकित भएका छन् । चीनले कोरोनाविरुद्धको खोप प्रभावकारी मानिए पनि फाइजर र मोर्डेनाजस्ता खोपहरुजस्तो सुरक्षित नभएको तथ्य सार्वजनिक भएको छ । फिलिपिन्समा केही सांसदहरुले सरकारको चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको खोप किन्ने निर्णयको आलोचना गरेका छन् । मलेसिया र सिंगापुरका अधिकारीहरुले दुबै सिनोभ्याक खोप सुरक्षित र प्रभावकारी सावित भएमा मात्र स्वीकृति दिनुपर्ने बताएका छन् ।
‘अहिले हामी कुनै चिनियाँ खोप लिनेछैनौं, किनकि त्यहाँ अपर्याप्त डाटा छ,’ सिंगापुरको विदेश मामिला मन्त्रालयका अधिकारी बिलाहारी कौसिकनले भने । उनले चीनले खोप सम्बन्धमा ‘उचित रिपोर्ट’ दिनुपर्ने बताएका छन् । कम र मध्यम आय भएका २४ मुलुकहरुले चिनियाँ खोप कम्पनीसँग आयातका लागि हस्ताक्षर गरेका छन् । विकसित राष्ट्रहरुले फाइजर र मोर्डेना खोपको आयात गर्दा कम आय भएका मुलुकहरुले भने उक्त खोप आयात गर्न सकेनन् । यस्ता मुलुकहरुमा कोरोना महामारी लामो समय रहिरहने विज्ञहरुले बताएका छन् । चिनियाँ खोप कम प्रभावकारी भएको र आयातमा ढिलाइ भएका कारण महामारी अझै धेरै समय लाग्ने भएको छ ।
बेइजिङका केही अधिकारीहरुले चीनको विश्वव्यापी प्रतिष्ठालाई नै संकटमा पार्ने तर्क गरेका छन् । सरकारी मिडियाले भने चिनियाँ खोपले विश्वव्यापी प्रतिष्ठालाई थप उचाइ प्रदान गर्ने बताइरहेका छन् । चिनियाँ मिडियाहरुले अमेरिकी खोपबारे गलत सूचना प्रदान गर्दै चिनियाँ खोपहरुलाई एक राम्रो विकल्पको रूपमा चित्रण गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमहरु खोप लगाएर मृत्यु भएका मानिसहरुको बारेमा अन्तर्राष्ट्रिय मिडियाहरु किन बोलिरहेका छैनन् भन्दै प्रश्न गरेका छन् । उक्त प्रश्न चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको ट्विटरमार्फत पनि शेयर भएको थियो । तर वैज्ञानिकहरुले भने मृत्यु भएका ती व्यक्ति पहिले नै अन्य रोगबाट ग्रसित भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्