
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रतिगमनविरुद्ध भन्दै माधव नेपाल- प्रचण्ड समूहले ‘बिहीबार गर्ने भनिएको नेपाल बन्द फिर्ता’ भन्दै यसका विरोधीहरुले अभियान थालेका छन् । नेपाल बन्दले कसैलाई पनि फाइदा नहुने भन्दै ‘नेपाल बन्द फिर्ता अभियान’ सुरु भएको हो ।
नेपाल बन्द गर्दा कसैलाई पनि फाइदा नहुने र देशले घाटामात्र व्यहोर्ने भन्दै नेपाल बन्द फिर्ता अभियान सुरु भएको हो यस अभियान अन्तर्गत बिहीबार बन्दको अवज्ञा गर्ने कार्यक्रमसमेत रहेको छ ।
यस्तै बिहीबार गर्न लागिएको बन्द सदाका लागि बन्द गर्न अनेरास्ववियूले अभियान चलाउने भएको छ । तत्कालका लागि सामाजिक सञ्जालमा ‘बन्द सदाका लागि बन्द गराैँ’ भन्ने व्यानर बनाएर अभियान सुरू गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।

उक्त व्यानर अहिले हजाराैँले फेसबुकमा सेयर गरिसकेका छन । यसअघि संयोजक महरले बन्दको नाममा हुने सबै कामको प्रतिवाद गर्ने चेतावनी दिएका थिए । उनले नेकपाको २३ गतेको सभा प्रभावित गर्ने गरी हुन लागेको बन्द जसरी पनि असफल बनाउनु पर्ने बताएका छन् । उनले अब विकास र समृद्धिका लागि सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन् ।

यस्तै नागरिक समाजका अगुवा, पत्रकार तथा प्रचण्ड समूहकै अधिकांश भन्दा बढी कार्यकर्ताले बन्दको बिरोध गरेका छन । पूर्व प्रहरी रमेश खरेलले पनि भिडियो सन्देश दिँदै बन्द हड्ताल कुनै पनि मानेमा स्वीकार्न नसकिने बताएका छन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्