×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपहरणपछि मारिएकी क्रिश्‍चियन इशल अफजलको हत्याका दाषीलाई कारबाही गर्न मानवअधिकार समूहको माग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अपहरणपछि मारिएकी क्रिश्‍चियन इशल अफजलको हत्याका दाषीलाई कारबाही गर्न मानवअधिकार समूहको माग

२० माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाकिस्तान । मानवअधिकार समूहले पाकिस्तानको पञ्‍जाब प्रान्तमा अपहरणपछि मारिएकी क्रिश्‍चियन बालिका इशल अफजललाई न्याय दिन माग गरेको छ । ह्युमन राइट्स फोकस पाकिस्तान (एचआरएफपी) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्रिश्चियन बालिकालाई एक अज्ञात आक्रमणकारीको समूहले अपहरण गरेको जनाइएको छ । बालिका फैसलाबादको लियाकत सहरस्थित आफ्नो घरको बाहिर खेलिरहेको अवस्थामा अपहरणमा परेकी थिइन् 
ईशलका बुबा अफजल मसिह, चर्चका पादरी सोहेल मसिहका साथ एचआरएफपी कार्यालय गएका थिए र कानुनी टोलीलाई यसबारे जानकारी गराएका थिए । उनको छोरीको निर्मम हत्याविरुद्ध उनी फैसलाबादको सेशन्स कोर्टमा मुद्दा दायर गरेका थिए । “एचआरएफपीको तथ्य पत्ता लगाउने टोलीले घटनास्थलको अवलोकन गर्‍यो र इशल अफजल ६ जनवरी बिहान ८:३० बजेतिर घरबाहिर खेल्दा बेपत्ता भएको थाहा पाए”, विज्ञप्तिमा भनिएको छ ।
उनको परिवारले फैसलाबादको जरणवाला रोडमा सदर पुलिस स्टेशनमा उकजुरी पनि गरेका थिए । भोलिपल्ट इलाकाको पोखरीमा पुलिसले ईशलको लास बरामद गरे। एचआरएफपीको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक मेडिकल रिपोर्टहरूले देखाएको छ कि बलात्कारपछि उनलाई झुण्डाइएको थियो । पुलिसले २ संदिग्धलाई सोधपुछ गरे पनि कुनै प्रमाण नभेटिएपछि रिहा गरेको थियो ।”
एचआरएफपीका अध्यक्ष नावेद वाल्टरले यो मुद्दा इसाई, हिन्दू र अन्य अल्पसंख्यक समुदायका केटीहरूको अपहरणसँग जोडिएको बताएका छन् । वाल्टरले भने, ‘बालिका अपहरणको पछिल्ला तथ्यांकहरु हेर्दा दैनिक आठदेखि १० वटा घटनामा पुगेका छन् ।”उनले समुदायलाई नाबालिगको हेरविचार गर्न र सम्बन्धित क्षेत्र र घरहरूमा अपरिचितहरूको सहज पहुँच बन्द गर्न अपील गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी