ARCHIVE
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, कति पुग्यो मृतकको संख्या ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।