Skip to content
LAXMI SUNRISE BANK

कालोबजारीको हद, एक लिटर पानीको १३० रुपैयाँ !

अर्थ सरोकार

कालोबजारी गरि  एक बोतल पानीलाई १३० रुपैयाँमा बिक्री गरेको अभियोगमा प्रहरीले काठमाडौँको हिमालयन जाभा कफीसपबाट एक सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

 महानगरीय प्रहरीले बसन्तपुरमा रहेको गगन प्रधान र आनन्द गुरुङले संचालन गरेको हिमालयन जाभा कफी पसलमा पिउने पानीको बोतलमा बढी नाफा लिई कालो बजारी गरेको भन्दै जनसेवाबाट खटिगएको प्रहरी टोलीले उक्त कफी पसलका संचालकलाई नियन्त्रणमा लिएको हो।

सञ्चालकमध्ये नयाँ बानेश्वर बस्ने वर्ष ४० को गगन प्रधानलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पठाएको प्रहरीले जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK