×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेशी मोर्चाभित्रै विवाद : महन्थ वार्ताको पक्षमा, महतो विपक्षमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मधेशी मोर्चाभित्रै विवाद : महन्थ वार्ताको पक्षमा, महतो विपक्षमा

Artha Sarokar

९ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महन्थ र महतोबाट अलगअलग पत्रकार सम्मेलन
जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संलग्न दलहरुबीच मतभेद देखिएको छ। वार्तामा जाने नजाने र संविधान छोड्ने विषयमा विषयमा नेपाल सद्‌भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरबाट फरकफरक अभिव्यक्ति आएको छ। महन्थ वार्ताको पक्षमा छन् भने महतो विपक्षमा छन्।
महतो र ठाकूरले बुधबार जनकपुरमा अलगअलग पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न मुद्दामा फरकफरक अभिव्यक्ति दिएका छन्।तमलोपाका अध्यक्ष ठाकूरले सरकारले औपचारिक रुपमा बोलाए वार्तामा सहभागी हुनसक्ने बताएका छन् भने सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले अब वार्तामा जानुको कुनै औचित्य नरहेको बताएका छन्।
महतोले मधेशीसँग गरिएको सम्झौता र अन्तरिम संविधानको जगमा संविधान निर्माण नगरिए वर्तमानको आन्दोलन नरोकिने र सरकारसंग कुनै पनि वार्ता नगर्ने चेतावनी दिएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रील औपचारिक रुपमा पत्र पठाए आफुहरुले वार्तामा जाने विषयमा विचार गर्न सक्ने धारणा राखेका छन्।
ठाकुरले भने, सरकारले मधेशी जनतामाथि गरिराखेको दमन बन्द गरी अन्तरीम संविधानअनुरुप संविधानबनाउने प्रतिबद्धता व्यक्त गरे हामी वार्तामा जाने विषयमा विचार गर्छौ। सद्भावना पार्टीका अध्यक्ष् महतोले संविधान सभाको वर्तमान प्रक्रियाबाट मधेशको अधिकार सुनिश्चित हुने अब कुनै संम्भावना नरहेकोले त्यहाँ मधेशी सभासदहरुले विरोध गर्नुको साटो विद्रोह गर्दै राजीनामा दिनुपर्ने बताएका थिए। महतोले भने, मोर्चाका घटक सबै नेताहरुले संविधान सभाबाट राजिनामा दिए भने २४ घण्टामै आन्दोलन निर्णायक बन्छ ।’
ठाकुरले भने यो महतोको निजी विचार रहेको र संविधान सभाबाट राजिनामा दिने निर्णय समेत उनको पार्टीको मात्र रहेको बताए। ठाकुरले भनेर्, मोर्चामा यस विषयमा कुनै छलफल भएको छैन र अहिलेनै संविधान सभाबाट राजिनामा दिने बेला आएको छैन ।’ तमलोपाका सभासदहरुले संविधान सभा र सडक दुवै ठाउँमा संघर्ष गरिराखेको र राजिनामा दिने बेला आयो भने त्यो निर्णय लिन पनि पछि नहट्ने ठाकुरको भनाइ छ।
महतो र ठाकुरले वर्तमान सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरिराखेको र यसले आन्दोलन अझ बढि सशक्त हुने चेतावनी दिएका छन्। सरकारले मधेशी, थारु, जनजाती सहित उपेक्षितवर्गहरुसंग भएको विगतका सम्झौताहरुलाई कार्यान्वयनमा ल्याउनुको साटो आफ्नो अधिकारका लागि शान्तिपूर्ण संघर्षमा रहेका जनताको आवाजलाई लठ्ठी र गोलीका बलमा दबाउन खोजेको महतोको भनाइ रहेको थियो।
वर्तमान सरकारका गृहमन्त्रीवामदेव गौतमले कैलाली र रौतहटमा भएको घटनाका सन्दर्भमा संसद्मा भ्रमपूर्ण र सद्भावबिग्रिने खालको अभिव्यक्ति दिएर जारी आन्दोलनलाई अझ बढि उग्र बनाउने कार्य गरेको भन्दै नेता महतोले यस्ता मन्त्रीलाई प्रधानमन्त्रीले तुरुन्तै पदच्यूतगरि कार्वाही गर्नुपर्ने बताए ।
मधेशका जिल्लाहरुमा सेना परिचालन गरी जनतालाई दमन गराउन खोज्ने प्रयास अतिनै निन्दनीय रहेको भन्दै महतोले यस्ता क्रियाकलापबाट जनताले यो देश हाम्रो हो वा होइन भन्ने कुरा सोच्न बाध्य हुने बताएका थिए। ठाकुरले पनि सेना परिचालनको निर्णय फिर्ता लिनुपर्ने मात्रै बताए । -अन्नपूर्ण पोष्ट 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी